२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजधानीमा नेपाली सेनाको गस्ती सुरु, घरबाहिर ननिस्कन आग्रह

प्रकाशित मिति : २०८२ भाद्र २५ गते
file photo.

काठमाडौं / राजधानीका सडकहरूमा नेपाली सेनाले गस्ती सुरु गरेको छ । मंगलबार भएको जेन(जीन आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिका कारण राति १० बजेदेखि सेनासहितका सुरक्षा निकाय परिचालन गरिएका हुन् ।

सेनाले घरबाहिर र गल्लीहरूमा निस्किएका सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ । यद्यपि, आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको छ । प्रदर्शनकारीले आगजनी गरेको संसद भवन परिसरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ भने अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै देशमा शान्तिसुरक्षा कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएको जानकारी दिएको छ । निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिन सचेत रहन तथा निरन्तर निगरानीका लागि आम नागरिकमा अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरिन्छ ।’ देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरूमा उच्छृंखल तत्वबाट लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरू देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको छ ।

साथै, निर्देशनालयले केही उच्छृंखल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89