२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज राष्ट्रपति, सेना र जेनजीबीच निर्णायक वार्ता हुने

प्रकाशित मिति : २०८२ भाद्र २६ गते

काठमाडौं । नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली सेनाको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेनजी’ युवा प्रतिनिधिहरूबीच आज (बिहीबार) महत्वपूर्ण वार्ता हुँदैछ । यो छलफलले अन्तरिम सरकार गठनको प्रक्रियालाई औपचारिकता दिने अपेक्षा गरिएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा जेनजी प्रतिनिधिहरूले सहमति जुटाइसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले बुधबारदेखि नै जेनजी प्रतिनिधिहरूसँगको छलफललाई निरन्तरता दिएका छन् । आजको बैठकले ठोस निकास निकाल्नेमा सेना विश्वस्त देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । युवा आन्दोलनको मुख्य माग नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन भएकाले त्यसै दिशातर्फ प्रक्रिया अघि बढेको हो ।

- ADVERTISEMENT -

Advertisement

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सार्वजनिक रूपमा समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीको नेतृत्वलाई आफ्नो समर्थन रहेको जानकारी दिएका थिए । प्रधानसेनापति सिग्देलले यसअघि नै विभिन्न पक्षहरूसँगको छलफल गरिसकेका छन् ।

यस क्रममा जेनजी युवाका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग पनि उनले परामर्श गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीको नाममा समर्थन व्यक्त गरिसकेका छन् भने दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि आफूलाई स्वीकार्य हुने बताएका छन् ।

जेनजी युवाहरूले भर्चुअल माध्यमबाट गरेको सर्वेक्षणमा सुशीला कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने जेनजीको प्रस्ताव स्वीकार गर्ने प्रतिबद्धता जनाइसकेकी छन् ।

काठमाडौं / नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली सेनाको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेनजी’ युवा प्रतिनिधिहरूबीच आज (बिहीबार) महत्वपूर्ण वार्ता हुँदैछ । यो छलफलले अन्तरिम सरकार गठनको प्रक्रियालाई औपचारिकता दिने अपेक्षा गरिएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा जेनजी प्रतिनिधिहरूले सहमति जुटाइसकेका छन् ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले बुधबारदेखि नै जेनजी प्रतिनिधिहरूसँगको छलफललाई निरन्तरता दिएका छन् । आजको बैठकले ठोस निकास निकाल्नेमा सेना विश्वस्त देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । युवा आन्दोलनको मुख्य माग नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन भएकाले त्यसै दिशातर्फ प्रक्रिया अघि बढेको हो ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सार्वजनिक रूपमा समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीको नेतृत्वलाई आफ्नो समर्थन रहेको जानकारी दिएका थिए । प्रधानसेनापति सिग्देलले यसअघि नै विभिन्न पक्षहरूसँगको छलफल गरिसकेका छन् ।

यस क्रममा जेनजी युवाका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग पनि उनले परामर्श गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीको नाममा समर्थन व्यक्त गरिसकेका छन् भने दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि आफूलाई स्वीकार्य हुने बताएका छन् ।

जेनजी युवाहरूले भर्चुअल माध्यमबाट गरेको सर्वेक्षणमा सुशीला कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने जेनजीको प्रस्ताव स्वीकार गर्ने प्रतिबद्धता जनाइसकेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85