२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजधानीमा फर्कियो चहलपहल, हट्यो दिउँसोको कर्फ्यु

प्रकाशित मिति : २०८२ भाद्र २७ गते
file photo.

काठमाडौं / काठमाडौं उपत्यकामा नेपाली सेनाले लगाएको कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाएसँगै जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएको छ । विशेषगरी दिउँसोको समयमा कर्फ्यू हटाइएको र निषेधाज्ञाको समय पनि घटाइएकोले सडकमा सवारी साधनको चाप बढ्नुका साथै चहलपहल देखिन थालेको छ ।

नेपाली सेनाद्वारा जारी सूचना अनुसार, आज (शुक्रबार) बेलुका ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लागू हुनेछ । यसअघि दिउँसोको समयमा पनि लागू हुँदै आएको कर्फ्यू हटाइएको हो । त्यस्तै, निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै लागू गरिने सेनाले जनाएको छ । यो व्यवस्थाले दिनको अधिकांश समय नागरिकलाई हिँडडुल तथा आवतजावतमा सहजता प्रदान गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

हालै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । त्यस क्रममा सुरुमा देशभर कर्फ्यू आदेश जारी गरिए पनि हाल यसलाई काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ । उपत्यका बाहिरका केही जिल्लाहरुमा भने स्थानीय प्रशासनले आवश्यकता अनुसार कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् ।

कर्फ्यू र निषेधाज्ञाको फरक
सरल भाषामा बुझ्दा, निषेधाज्ञाको मुख्य उद्देश्य मानिसहरुको भिडभाड र जमघटलाई नियन्त्रण गर्नु हो । यसमा निश्चित समय वा स्थानमा भेला हुन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइन्छ ।

कर्फ्यू भने निषेधाज्ञाभन्दा कडा आदेश हो । यसमा तोकिएको समयभित्र घरबाहिर निस्कन वा आवतजावत गर्न पूर्ण रुपमा बन्देज लगाइन्छ । कर्फ्यूको समयमा अत्यावश्यक बाहेकका सबै गतिविधि ठप्प हुन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45