२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

प्रकाशित मिति : २०८२ आश्विन १ गते

काठमाडौं / भ्रष्टाचारविरुद्धको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाको निधन भएको थियो ।

उनीहरूको त्याग र बलिदानको कदर गर्दै भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सोही निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा लागू भएको छ । यसका साथै, देशभरका सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

मृत्यु भएका युवाहरूको शवयात्रासहित मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । कतिपय युवाहरूको पार्थिव शरीरलाई भने उनीहरूकै जिल्लामा पुर्‍याई स्थानीय रीतिरिवाज अनुसार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51