२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुग्लिन–नारायणगढ सडक पहिरोले पूर्णरुपमा अवरुद्ध

पन्छाउन दिनभर समय लाग्ने, वैकल्पिक उपाय अपनाउन आग्रह
प्रकाशित मिति : २०८२ आश्विन ८ गते
File photo.

काठमाडौं / मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला नजिकै खसेको सुख्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । मंगलबार दिउँसो ४ः५० बजेतिर खसेको विशाल पहिरो पन्छाउन आज (बुधबार) दिनभर लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

पहिरोका कारण सडक आवागमन ठप्प भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयका अनुसार, नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै गन्तव्यमा पुग्न सकिनेछ ।

- ADVERTISEMENT -

Advertisement

पहिरो खसेलगत्तै सडक खुलाउने प्रयास भइरहे पनि पहिरोको आकार ठूलो भएकाले थप समय लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज दिनभरजसो पहिरो पन्छाउने कार्य जारी रहने जानकारी दिएको छ ।

यस सम्बन्धमा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल ९मो। ९८५५०१३९९९०, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो ९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिनेछ ।

यात्रुहरूलाई धैर्यधारण गरी वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45