२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

दसैँको मुखमा त्रासदीपूर्ण यात्रा

नारायणघाट–मुग्लिन सडकको जोखिम उस्तै
प्रकाशित मिति : २०८२ आश्विन ८ गते

– बबिलाल तामाङ
भरतपुर । देशको पूर्वपश्चिम तथा तराईका जिल्लासँग मात्र नभई छिमेकी राष्ट्र भारत र चीनसँग राजधानी जोड्ने मुख्य सडक भनेकै नारायणघाट मुग्लिन सडक हो । त्यसकारण पनि यो सडकलाई देशकै प्रमुख जीवनरेखा मानिन्छ । यही जीवनरेखा मानिएको सडक यसपटक दसैँको मुखमा आएर ४५ घण्टासम्म बन्द भयो ।

इच्छाकामना गाउँपालिका वडा नं. ५ तुइन खोलानजिक खसेको सुक्खा पहिरोका कारण ४५ घन्टासम्म बन्द हुँदा मुग्लिन र नारायणघाट जाने आउने यात्रुले अद्वितीय दुःख भोगे । ४५ घण्टासम्मको प्रयासपछि अहिले सडक त खुल्यो । तर, अझै पनि सहज भइसकेको छैन । पहिरो खस्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रात्रिकालीन यात्रा बन्द गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

पहिरो पन्छाउनुपर्ने हुँदा दिउँसोको सीमित समय सडक नै बन्द गरेर पनि काम गरिरहेको छ । तुइन खोला आडैको यो पहाडले गत वर्षदेखि नै यात्रु र चालकलाई आतङ्कित पारिरहेको छ । यसपालि भने वर्षात्को समयमा भन्दा पनि वर्षात् सकिएपछि दुःख दिएको छ । असोज ६ गते घटस्थापनासँगै चाडपर्वको मुख्य यात्रा चाप बढ्ने समयमा यस्तो अवरोधले देशभरका यात्रुलाई तनाव थपिएको छ ।

मौसमविद्हरुले नवरात्रका अधिकांश दिन वर्षा हुने सम्भावना औंल्याएकाले ‘पानी परे पहिरो खस्छ’ भन्ने डर अझै कायम छ । यात्रुहरु अब आउने दिनमा यात्रा गर्दा निरन्तर त्रासमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार राति यात्रा गर्नु झनै खतरयुक्त छ । रातको समयमा पहिरो खसे पनि नदेखिने हुँदा प्रहरी र प्रशासनसँगको समन्वयमा रोकेर र हेरेर मात्रै यात्रा गराइरहेको उनले बताए । सडक विस्तारका क्रममा मेसिनले चट्टान फुटाउँदा तुइन खोलाको पहाड कमजोर बनेको उनले बताए । यसको रोकथाम गर्न दसैँअघि सम्भव नभएको पनि उनले बताए ।

उनका अनुसार पहिरोको बढी जोखिम रहेका स्थानहरुमा सरकारले ‘रक नेट’, ‘रक बोल्ट’ र ‘फ्लेक्जिबल चेक ड्याम’जस्ता प्रविधि ल्याउने तयारी गरेको छ । तर ठेक्का मङ्सिरमा मात्रै आह्वान हुने भएकाले यात्रुले यसवर्षको दसैँ तिहारजस्ता मुख्य पर्वको यात्रामा जोखिम मोल्नुको विकल्प नरहेको उनको भनाइ छ ।

यात्रुको सास्ती :
सडक अवरुद्ध भएपछि हजारौँ सवारीसाधन सडकमै रोकिएका छन् । रात्रिकालीन यात्रा बन्द गर्नुका साथै दिउँसो पनि सडक बन्द गरेर पहिरो पन्छाउने काम हुन थालेपछि सवारीसाधनको लाइन भरतपुरतर्फ बाइपास सडकको प्रहरी तालिम केन्द्रसम्म आइपुगेको छ । बाटो छिचोल्न नपाएका यात्रु कतिपयले सडकमै रात बिताएका छन् भने बाटो यात्रा असहज हुने देखिएपछि कतिपय सवारीसाधन गन्तव्यतर्फ नगई फिर्ता भएका छन् ।

सडकमै बस्न बाध्य हुनेहरुलाई भने स्थानीय व्यापारीहरुको सहयोगमा प्रहरी र स्थानीय प्रशासनले खाजाभुुजा र पानीको व्यवस्था गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ‘हेल्थ क्याम्प’ नै खडा गरेर यात्रुको स्वास्थ्य जाँच गरेको छ ।

त्यसो त यो सडकले हरेक वर्ष कुनै न कुनै समय यात्रुलाई बाटैमा बास बसाउँदै आएको छ । वर्षात्मामात्र नभई हिउँदको समयमा पनि सुख्खा पहिरो खस्दा कैयन् पटक यात्रुले सास्ती भोगेका छन् । अहिले तुइनभीरमा खसेको पहिरो पनि सुख्खा नै हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98