काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भोलि (आइतबार) सम्म सबै सामुदायिक विद्यालयका शिक्षकलाई तलब प्रदान गरिसक्न भनेका छन् ।
उनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयमा पठाइसकिएको जानकारी दिँदै शिक्षकको तलब निकासा नगरे त्यस्ता प्रधानाध्यापकलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।
- ADVERTISEMENT -

दशैँ तिहारको मुखमा पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा गरिदिएनन् भने धेरै गुनासो आएको मन्त्री पुनले जनाएका छन् ।
‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।























