२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कक्षा ११ को परीक्षाफल प्रकाशित

प्रकाशित मिति : २०८२ आश्विन ३१ गते
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।

बोर्डका अनुसार जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा बोर्डको असोज ३० गतेको निर्णयअनुसार सार्वजनिक गरिएको हो।

- ADVERTISEMENT -

Advertisement

परीक्षामा पुराना आंशिकतर्फ ९ हजार ९३४ र ग्रेड वृद्धि तर्फ ४ हजार ९७६ गरी जम्मा १४ हजार ९१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये पुराना आंशिक समूहमा ५९१६ जना (५९.५५ प्रतिशत) र ग्रेड वृद्धि समूहमा ३५४० जना (७१.१४ प्रतिशत) ले उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्। दुवै समूह मिलाएर हेर्दा कुल ९४५६ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्, जसको औसत सफलता दर ६३.४२ प्रतिशत रहेको बोर्डले जनाएको छ।

यसअघि केही अनियमितता फेला परेकाले परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थी क्रमांक ४२३००७३६ र ५७१०६९८७ का सम्पूर्ण विषयको चालू खण्डको परीक्षाफल रद्द गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल सम्बन्धी विस्तृत विवरण आफ्ना वेबसाइटसहित विभिन्न माध्यमबाट अवलोकन गर्न सकिने जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -