२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै भीषण आगलागीबाट तीन घर र मन्दिरमा क्षति

प्रकाशित मिति : २०८२ आश्विन १३ गते
sketch

काठमाडौं / काठमाडौंको ऐतिहासिक काष्ठमण्डप नजिकै आज (सोमबार) बिहान करिब साढे ४ बजेदेखि सुरु भएको भीषण आगलागीले तीनवटा घर र एक मन्दिरमा क्षति पुर्याएको छ । काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरको कपडा गोदामबाट सुरु भएको आगलागी करिब पाँच घण्टाको अथक प्रयासपछि ९० प्रतिशत नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार, ‘आगो ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ, बाँकी आगो निभाउने कार्य द्रुत गतिमा भइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरी लगायतका सुरक्षा निकायका सयौं जवानहरु खटिएका छन् । काठमाडौं र भक्तपुरमा उपलब्ध ९ वटा दमकल र तीनवटा पानी ट्याङ्करको प्रयोग गरी आगो निभाउने कार्य भइरहेको छ ।

स्थानीय बासिन्दाका अनुसार आगलागी कपडा गोदामबाट सुरु भएको हो । यद्यपि, आगलागीको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89