काठमाडौं / अविरल वर्षाका कारण आएको बाढीले मेची करिडोरलाई अस्तव्यस्त बनाएको छ । करिडोर अन्तर्गतका महत्वपूर्ण तीन पुल बाढीले बगाएको छ भने मेची राजमार्ग दर्जनौं स्थानमा गएको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्राप्त जानकारी अनुसार, केचना कञ्चनजंघा सडकखण्डमा पर्ने माईखोलाको पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीको प्रचंड वेगले पूर्ण रुपमा बगाएको छ । यी पुलहरू बगाएपछि यस क्षेत्रमा आवतजावत ठप्प भएको छ ।
- ADVERTISEMENT -

यसैगरी, मेची राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । इलाम र पाँचथर जिल्ला अन्तर्गत राजमार्गका ३० भन्दा बढी स्थानमा साना–ठूला पहिरो खसेका छन् । यसले गर्दा मेची राजमार्ग हुँदै हुने सम्पूर्ण सवारी आवतजावत बन्द भएको छ ।























