काठमाडौं / अविरल वर्षा र त्यसबाट सिर्जित बाढी–पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डहरू पूर्ण रूपमा ठप्प छन् ।
कोशी प्रदेशमा विशेष गरी पहाडी जिल्लाहरूमा सडक अवरोधले विकराल रूप लिएको छ ।
- ADVERTISEMENT -

संखुवासभाः भोटखोला गाउँपालिका–४ को बरुणखोला, मकालु गाउँपालिका–३ को एकुवा र मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
ओखलढुंगा र उदयपुरस् सिद्धिचरण लोकमार्ग ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा अवरुद्ध छ ।
धनकुटाः पाख्रीबास, दिकुरे, साँगुरीगढीको चनौटे र ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग पनि बन्द भएका छन् ।
इलामः इलाम नगरपालिकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा पनि वर्षा र पहिरोले सडक सञ्जालमा ठूलो क्षति पुर्याएको छ ।
रसुवाः गोसाइँकुण्ड गाउँपालिका(२ र ५ को स्याफ्रुबेँसीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ ।
सिन्धुपाल्चोकः भोटेकोशी गाउँपालिका(४, चारकिलो क्षेत्रमा सडक अवरुद्ध छ ।
काभ्रेपलान्चोकः डालाबेसी र बुल्ढुंगा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ ।
मकवानपुरः भीमफेदी र बकैया क्षेत्रमा सडक अवरुद्ध छ भने इन्द्रसरोवर गाउँपालिका(३ को सिस्नेरी बजार क्षेत्रमा दक्षिणकाली(काठमाडौं खण्ड पनि बन्द भएको छ ।
सिन्धुलीः मरिण गाउँपालिका(२ को सिन्दुरे क्षेत्रमा अवरुद्ध मदन भण्डारी राजमार्ग आंशिक रूपमा सुचारु भए पनि फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बीपी राजमार्ग भने पूर्ण रूपमा बप्प रहेको छ ।
नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको भन्दै अनावश्यक यात्रा नगर्न र सचेत रहन सबैलाई आग्रह गरेको छ । यातायात व्यवसायी र यात्रुहरूलाई वैकल्पिक मार्गको खोजी गर्न र राजमार्गको अवस्थाबारे अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ ।























