२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टी–२० विश्वकप छनोट : नेपालसँग कुवेत ५८ रनको फराकिलो अन्तरले पराजित

प्रकाशित मिति : २०८२ आश्विन २३ गते
File photo.

काठमाडौं / ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट हुन पुग्यो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रनको योगदान दिए ।

- ADVERTISEMENT -

Advertisement

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई सस्तैमा समेटे । ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले २२ रन दिएर २ विकेट हात पारे । कप्तान रोहित पौडेलले केवल २ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले पनि समान १(१ विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । ओपनर भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको महत्त्वपूर्ण इनिङ खेले ।

- ADVERTISEMENT -

Advertisement

मध्यक्रममा दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । यद्यपि, गुल्शन झाले अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै मात्र ६ बलमा २० रन जोडे । उनले १९औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै नेपाली टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए ।

कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले २(२ विकेट लिए भने मोहम्मद असलम र अकिफ फारुकले १(१ विकेट लिए । यो जितपछि नेपालको मनोबल उच्च भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09