२०८३ भाद्र १८, बिहीबार
September 3, 2026
२०८३ भाद्र १८, बिहीबार
September 3, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोल्डेन बुटको शीर्ष दाबेदारमा मेसी

प्रकाशित मिति : २०८३ असार ३२ गते

काठमाडौं / फिफा विश्वकप २०२६ को उपाधिसँगै व्यक्तिगत अवार्डको दौडमा पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसी बलियो अवस्थामा पुगेका छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गर्दै उनले गोल्डेन बुटको होडमा फ्रान्सका किलियन एमबाप्पेलाई पछि पारेका छन् ।

अमेरिकाको एटलान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा अर्जेन्टिनाका दुवै गोलमा मेसीले असिस्ट गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले ।

- ADVERTISEMENT -

Advertisement

मेसी र एमबाप्पे दुवैले प्रतियोगितामा ७ खेलबाट समान ८ गोल गरेका छन् । तर मेसीको नाममा ४ असिस्ट हुँदा एमबाप्पेको ३ असिस्ट मात्र रहेकाले फिफाको टाइब्रेकरअनुसार मेसी गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका हुन् ।

एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भइसकेको छ । यद्यपि फ्रान्सले तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग खेल्न बाँकी रहेकाले एमबाप्पेसँग आफ्नो गोल संख्या बढाउने एउटा अवसर अझै छ ।

गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका अन्य खेलाडी भने मेसीभन्दा धेरै पछाडि छन् । नर्वेका एर्लिङ हालान्ड ७ गोलसहित तेस्रो स्थानमा रहे पनि उनको टोली बाहिरिसकेको छ । इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरे पनि सेमिफाइनलबाट बाहिरिएसँगै उनीहरूको दाबेदारी समाप्त भएको छ । फ्रान्सका उसमान डेम्बेले ५ गोलका साथ दौडमा रहे पनि टोली बाहिरिएपछि उनको सम्भावना पनि सकिएको छ ।

फाइनलमा पुगेको स्पेनका मिकेल ओयारजाबाल ५ गोलसहित सूचीमा छन् । मेसीलाई उछिन्न उनले फाइनलमा असाधारण प्रदर्शन गर्नुपर्ने अवस्था छ ।

यदि फाइनलपछि पनि मेसी शीर्ष गोलकर्ताकै रूपमा रहे भने उनले आफ्नो करिअरमा पहिलो पटक फिफा विश्वकपको गोल्डेन बुट अवार्ड जित्नेछन् । यसअघि उनले सन् २०१४ र २०२२ मा विश्वकपको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल अवार्ड जितिसकेका छन् । दुई पटक गोल्डेन बल जित्ने उनी हालसम्मका एकमात्र खेलाडी हुन्।

३९ वर्षको उमेरमा पनि उत्कृष्ट लयमा रहेका मेसीले यस विश्वकपमा नयाँ कीर्तिमानहरू पनि बनाइरहेका छन् । उनले लगातार ९ विश्वकप खेलमा गोल गर्ने तथा नकआउट चरणमा लगातार ६ खेलमा गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन् ।

यस्तै, मेसी विश्वकप इतिहासमा सर्वाधिक ३३ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा सर्वाधिक ११ असिस्ट गर्ने खेलाडीका रूपमा पनि आफ्नो नाम स्थापित गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.66
152.26
European Euro
1
175.49
176.18
UK Pound Sterling
1
204.51
205.31
Swiss Franc
1
186.05
186.79
Australian Dollar
1
108.04
108.46
Canadian Dollar
1
108.83
109.26
Singapore Dollar
1
119.03
119.50
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.39
40.55
Qatari Riyal
1
41.60
41.77
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.29
41.46
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
11.10
11.14
Swedish Kroner
1
15.69
15.75
Danish Kroner
1
23.48
23.57
Hong Kong Dollar
1
19.34
19.41
Kuwaity Dinar
1
493.77
495.72
Bahrain Dinar
1
402.27
403.86
Omani Rial
1
393.92
395.48