काठमाडौं / भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङ बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा आज झापा जाँदैछन् । विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।
झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ । झापा गाउँपालिका लगायतका क्षेत्र अवलोकन गरेर उनी आज काठमाडौं फर्किने कार्यक्रम छ ।
- ADVERTISEMENT -


















































