२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल विश्वकप यात्राको संघारमा, कतारसँग भेट आज

प्रकाशित मिति : २०८२ आश्विन २७ गते
file photo

काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आफ्नो विश्वकप यात्रा लगभग सुनिश्चित गर्ने लक्ष्यका साथ कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले यसअघि नै समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै महत्वपूर्ण ४ अंक जोडेको छ । आज (सोमबार) राति ८ः४५ बजे ओमानमा हुने खेलमा अंकविहीन कतारमाथि जित निकाल्दै नेपाल २०२६ को टी–२० विश्वकपमा आफ्नो स्थान पक्का गर्ने दाउमा छ ।

- ADVERTISEMENT -

Advertisement

सुपर सिक्सको अंकतालिकामा नेपाल र ओमान समान ४–४ अंकका साथ क्रमशः दोस्रो र शीर्ष स्थानमा छन् । उत्कृष्ट रनरेटका कारण ओमान पहिलो स्थानमा रहँदा नेपालले दोस्रो स्थान सुरक्षित गरेको छ । २–२ अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामाओ अझै खाता खोल्न सकेका छैनन् ।

नेपालका लागि कतारविरुद्धको खेल विश्वकप प्रवेशको लागि निर्णायक मोड बन्न सक्नेछ । कतारमाथि सहज जित निकाल्न सकेमा नेपालको शीर्ष तीनभित्र पर्ने सम्भावना झन्डै शतप्रतिशत हुनेछ । सुपर सिक्समा नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालको आगामी खेल तालिका :
सोमबार (असोज २७) : नेपालविरुद्ध कतार (राति ८ः४५ बजे)
बुधबार (असोज २९) : नेपालविरुद्ध ओमान
शुक्रबार (असोज ३१) : नेपालविरुद्ध सामाओ

सुपर सिक्समा सहभागी ६ टोली (नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ) मध्ये शीर्ष तीनमा रहने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा सिधा स्थान बनाउनेछन् । नेपालका लागि आजको खेल विश्वकप सपना साकार पार्नका लागि महत्वपूर्ण खुड्किलो साबित हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91