२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं महानगरद्वारा अवैध संरचना हटाउन अल्टिमेटम, अटेर गरे एक्सनमा उत्रिने

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते

काठमाडौं / काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीभित्रका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने कडा अल्टिमेटम जारी गरेको छ ।

गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेपछि आज (शुक्रबार) महानगरले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सम्बन्धित व्यक्ति र निकायलाई स्वेच्छाले ती संरचना खाली गर्न वा हटाउन आग्रह गरेको छ । तोकिएको समयभित्र अटेर गरेमा महानगर आफैं कारबाहीमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

यो कदमले काठमाडौंको सहरी सौन्दर्य र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी सडक पेटी, सार्वजनिक जग्गा र नदी किनारमा बनेका अनधिकृत संरचनाहरू यस कारबाहीको मुख्य निसानामा पर्नेछन् । महानगरपालिकाले यसअघि पनि यस्ता प्रयासहरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक उपत्यका विकास प्राधिकरणसँगको सहकार्यले कारबाही अझ सशक्त हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89