Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धनुषामा बसको ठक्करबाट एकै परिवारका ३ सहित चार जनाको मृत्यु

दुई जना गम्भीर अवस्थामा
प्रकाशित मिति : २०८२ कार्तिक १६ गते
File photo.

काठमाडौं / धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् । शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१(००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २(०१(००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार, दुर्घटनामा चारै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा ज्यान गुमाउनेहरूमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगर रहेका छन् । उनीहरू एकै परिवारका सदस्य हुन् । यसैगरी, सोही अटो रिक्साका चालक अन्दाजी ४० वर्षीय डम्बर राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98