२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन्’

प्रकाशित मिति : २०८२ मंसिर ८ गते

चरिकोट / सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने दाबी गरेका छन् । गृह जिल्ला दोलखाको कालिञ्चोक आइपुगेका मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण बनिसकेको जिकिर गरेका हुन् ।

आइतबार कालिञ्चोक(८ सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयद्वारा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले सरकारको मुख्य अर्जुनदृष्टि निर्वाचन नै भएको बताए । उनले भने, ‘हाम्रो मुख्य लक्ष्य निर्वाचन हो र यसका लागि सरकार पूर्ण रूपमा तयार छ । सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदै छन् । सरकारले निष्पक्ष वातावरण बनाउँछ भन्ने सन्देश देशभर फैलाउन जरुरी छ ।’

- ADVERTISEMENT -

Advertisement

सरकारका प्रवक्तासमेत रहेका खरेलले वर्तमान सरकार ‘जेनजी आन्दोलन’ को जगमा बनेको स्मरण गर्दै आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । उनले जेनजी आन्दोलनको भावना विपरीत हुने कुनै पनि कार्य सरकारलाई सह्य नहुने चेतावनी दिए । भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्ने सवालमा सरकारले कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । उनले भने, ‘छ महिनाभित्रै नागरिकले अनुभूति गर्ने गरी सुशासनको काम गरेर देखाउँछौँ ।’

मन्त्री खरेलले विगतमा देशमा स्थिर सरकार नबन्दा र दलहरूबीचको अस्वस्थ सत्ता(प्रतिस्पर्धाका कारण शिक्षा क्षेत्र र समग्र विकासमा गम्भीर असर परेको बताए । ‘अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,’ उनले भने ।

आइतबार दोलखा पुगेका सञ्चारमन्त्री खरेललाई स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए । जिल्ला प्रवेश गरेलगत्तै उनले आफ्नो जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए । कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवार बनाएको बताए । यसै क्रममा उनले कालिञ्चोक गाउँपालिका कार्यालयको निरीक्षण गर्नुका साथै वडा नम्बर ७ मा आयोजित कार्यक्रममा पनि सहभागिता जनाए । सोही क्रममा मन्त्री खरेलले आफ्नो जन्मघर पुगी जिल्लाकै ज्येष्ठ नागरिक ९१०२ वर्ष० सँग आशीर्वाद लिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85