२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम 

प्रकाशित मिति : २०८२ पुष ६ गते

गोरखा । अजिरकोट गाउँपालिका वडा नं.१ स्थित क्हेचो (घ्याच्चोक) गाउँमा पाँच दिने ‘अतिथि सत्कार, घरवास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । 

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गतको दीगो पर्यटन परियोजना (एसटिपी) तथा टानले अजिरकोट गाउँपालिकासँगको समन्वयमा दीगो पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने लक्ष्यसहित पाँच दिने तालिम सञ्चालन गरेको हो । 

- ADVERTISEMENT -

Advertisement

क्हेचो गाउँ भौगोलिक दृष्टिसँगै कृषि र पशुपालन क्षेत्रमा राम्रो सम्भावना बोकेको हुँदा प्रकृतिले दिएको उपहारमा थोरै मलजल गर्ने प्रयास गरिएको अजिरकोट गाउँपालिकाका पर्यटन दूत एवम् टानका निवर्तमान उपाध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए । 

‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’मा पर्ने मनासलु पदमार्गको वैकल्पिक गन्तव्य भएको क्हेचो गाउँलाई पनि पर्यटन प्रवद्र्धन गराउँदै ग्रामीण पर्यटन विकास गर्ने योजनाअनुसार कार्यक्रम गरिएको उनले बताए ।  

‘आयआर्जनको लागि ग्रामीण पर्यटन मुख्य स्रोत हुन सक्छ,’ उनले भने, ‘अबको दिनमा पर्यटन प्रवर्द्धन गर्न मिल्ने स्थानमा आयआर्जनको मुख्य स्रोतको रुपमा हामीले ग्रामीण पर्यटनलाई अगाडि बढाउनु पर्छ ।’ त्यतिमात्र नभई ग्रामीण क्षेत्रमा हुने स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु सामग्रीको प्रदर्शन र बजारीकरणको लागि पनि तालिम आवश्यक परेको उनको भनाइ छ । 

मङ्गलबार उद्घाटन गरिएको तालिममा टानका केन्द्रीय सदस्य एवम् तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरूङ, अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा नं.१ का अध्यक्ष मनोज गुरूङ, टानका केन्द्रीय सदस्य पवित्रा तामाङ, पयिरयोजना संयोजक युवराज लामालगायत उपस्थित थिए । 

तालिममा अजिरकोट गाउँपालिकाको पाँच वटै वडाबाट प्रतिनिधिका रुपमा सहभागी २५ जनालाई अजित आचार्यले प्रशिक्षण दिनेछन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89