२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि–बालेन ६ घण्टा वार्ता, चुनावमा मिलेर अघि बढ्ने निष्कर्ष

प्रकाशित मिति : २०८२ पुष ८ गते

काठमाडौं / मुलुकको राजनीतिमा वैकल्पिक शक्तिको खोजी भइरहेका बेला दुई चर्चित अनुहार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एउटै कित्तामा उभिने सहमति भएको छ । सोमबार राति अबेरसम्म चलेको निर्णायक वार्ताले दुई नेताबीचको दूरी मेटाउँदै सहकार्यको आधार तय गरेको हो ।

‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर गरिएको यो सहकार्यलाई वैकल्पिक राजनीतिको ‘कोर्स करेक्सन’ का रूपमा हेरिएको छ । सोमबार कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको करिब ६ घण्टा लामो ‘म्याराथन’ छलफलपछि दुवै नेता मिलेर अघि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

बिहानको प्रारम्भिक भेटपछि साँझ पुनः जुटेका लामिछाने र शाहबीचको संवाद निकै सघन भएको थियो । वार्ता निष्कर्षमा पुगेपछि राति १ः४२ बजे दुवै नेता एउटै गाडीमा बाहिरिएका थिए । यो दृश्यलाई पुष्टि गर्दै रास्वपा नेता असिम शाहले मध्यरातमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन (दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’

स्रोतका अनुसार, दुई नेताबीचको छलफल केवल सामान्य भेटघाटमा सीमित थिएन । उनीहरूले आगामी निर्वाचनअघि नै छरिएर रहेका सबै वैकल्पिक शक्तिलाई एउटै प्लेटफर्ममा ल्याउने रणनीति बनाएका छन् । यसका लागि शक्ति बाँडफाँट र सहकार्यको ‘मोडल’ टुंग्याउन दुवै पक्षका टिमले गृहकार्य गरिरहेका छन् ।

त्याग गर्न तयार रवि, सकारात्मक बालेन
न्यायिक हिरासतबाट रिहा भएलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिएका लामिछानेले नयाँ शक्तिहरूको एकताका लागि आफू ‘बाधक’ नबन्ने सन्देश दिइसकेका छन् । उनले शनिबार मात्रै एक सार्वजनिक कार्यक्रममा नयाँ दलहरू मिल्ने सर्तमा पहिलो त्याग आफूले गर्ने घोषणा गरेका थिए ।

छलफलमा सहभागी जेनजी अगुवा सुदन गुरुङका अनुसार दुवै नेता ‘ओपन माइन्डेड’ भएर प्रस्तुत भएका कारण सहमति जुट्न सहज भएको हो । ‘कसको भूमिका के हुने र अगाडि कसरी बढ्ने भन्ने विषयमा ठोस छलफल भइरहेको छ,’ गुरुङले भने, ‘जनताको चाहना र जेनजीको भावनालाई कदर गर्दै उहाँहरू एक ठाउँमा आउनुभएको हो ।’

रवि र बालेनको मिलनलाई मात्रै अन्तिम विन्दु मानिएको छैन । यो अभियानमा अन्य स्वतन्त्र र लोकप्रिय छवि भएका व्यक्तित्वहरूलाई पनि समेट्ने प्रयास थालिएको छ । लामिछानेले आइतबार मात्रै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

यसैगरी, रास्वपा वृत्तबाट प्राप्त जानकारी अनुसार ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि सहकार्यका लागि संवाद अघि बढाउने तयारी भइरहेको छ । घिसिङ पनि यो नयाँ ध्रुवीकरणप्रति सकारात्मक रहेको बताइएको छ । सोमबारको वार्तामा रास्वपा उपसभापति डिपी अर्याल र मेयर शाहका सहयोगी कुमार बेनको पनि उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85