काठमाडौँ / आगामी निर्वाचनको तयारी र संगठन विस्तारलाई तीव्र पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आज (शुक्रबार) दुईवटा विशेष पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा मधेशी युवा र मुस्लिम समुदायको ठूलो पंक्ति रास्वपामा समाहित हुन लागेको हो ।
पार्टीले दिएको जानकारी अनुसार, आज अपरान्ह १ः०० बजे पहिलो कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा तराई–मधेसका विभिन्न क्षेत्रमा स्थापित भएका करिब ३ सय प्रभावशाली युवाहरूले सामूहिक रूपमा रास्वपाको सदस्यता ग्रहण गर्नेछन् ।
- ADVERTISEMENT -

त्यसैगरी, आजै अपरान्ह २ः०० बजे मुस्लिम समुदायका विशिष्ट व्यक्ति तथा अगुवाहरूको विशेष पार्टी प्रवेश कार्यक्रम तय गरिएको छ । विभिन्न राजनीतिक दल परित्याग गरी तथा स्वतन्त्र रूपमा रहेका मुस्लिम समुदायका प्रतिनिधिहरू रास्वपामा प्रवेश गर्न लागेका हुन् ।















































