२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकद्वारा उपसमिति सदस्यलाई सहकारी प्रशिक्षण

प्रकाशित मिति : २०८२ पुष ११ गते

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले उपसमिति सदस्य तथा कर्मचारीहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिएको छ ।

कार्यक्रममा संस्थागत जानकारी, काम, कर्तव्य र अधिकार विषयक दायित्यबोध गराउने उद्देश्यले बिहीवार उक्त प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रशिक्षक समेत रहेका अध्यक्ष धितालले आफूले सिकेका सिपलाई व्यवहार उतार्नु पर्नेमा जोड दिए । उनले आफ्नो जिम्मेवारीलाई सबैले आत्मसाथ गर्दै सबैले आ–आफ्नो ठाउँबाट संस्थागत विकास र उन्नयनका लागि प्रतिबद्ध हुन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले व्यानर वाचन गरेर शुभारम्भ गरेका हुन् । उद्घाटनपछि बोल्दै प्रमुख अतिथि घिमिरेले शेयर सदस्यहरूका लागि सहकारी सम्बन्धी प्रशिक्षण अपरिहार्य भएको बताए । हरेक शेयर सदस्यले संस्थाको गतिविधि बारे जानकारी लिनु पर्ने उनको भनाइ थियो ।

संस्थाका व्यवस्थापक विकास पौडेलले संस्थागत जानकारी बारे प्रकाश पारेका थिए । कार्यक्रममा सबै उपसमिति सदस्य तथा कर्मचारीहरुले संस्थालाई जोगाउन आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव जयराम पाण्डेले सञ्चालन गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता सिग्देल गौतम, लेखापरीक्षण समिति संयोजक विनोद पौडेल, इन्दिरा लामिछाने, कृष्ण सिलवाल, शंकर भेटुवाललगायतको उपस्थिति रहेको थियो ।

विसं. २०६५ सालमा स्थापना भएको यस साकोसले विशेषगरी शेयर सदस्य लक्षित सेवामुखी कार्यक्रम गर्दै आएको छ । संस्थामा हाल दुई हजार बढी सेयर सदस्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89