चितवन / मानव अधिकार संगठन चितवनले सदस्यता विस्तार गर्ने निर्णय गरेको छ । संगठनको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको सभापति हरिप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकले सदस्यता नवीकरण गर्ने तथा योग्य व्यक्तिहरूलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । बैठकमा जेनजी आन्दोलनदेखि हालसम्म भएका विभिन्न समसामयिक गतिविधिमाथि छलफल गरिएको थियो ।
- ADVERTISEMENT -

बैठकमा मानवअधिकार संगठनका पूर्वकेन्द्रीय सदस्य तथा चितवनका निवर्तमान अध्यक्ष बालकृष्ण पौडेल, उपाध्यक्ष दीपक लामिछाने, सचिव दीपकबाबु श्रेष्ठ, सहसचिव बबिलाल तामाङ, कोषाध्यक्ष चित्रबहादुर रानामगर, सदस्यहरू घनश्याम पौडेल, नारायणप्रसाद रेग्मी, संगम जोशी, विना तामाङलगायतको उपस्थिति रहेको थियो ।
मानवअधिकार संगठनले विश्वव्यापी रुपमै बालअधिकार, महिला हिंसा तथा मानव अधिकारका विषयका मुद्दालाई उठाउँदै छ भने मानवमाथि हुने हरेक हिंसाविरुद्ध दबाब दिँदै आएको छ ।
यसअघि संगठनले भरतपुर करागारमा रहेका कैदीबन्दीको स्वास्थ्य स्थितिबारे जानकारी लिएको थियो ।















































