काठमाडौं / नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।
- ADVERTISEMENT -

नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यसपछि पुनः बढिरहेको छ ।
सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।
- ADVERTISEMENT -














































