२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

सामाजिक सद्भाव कायम राखौँ

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते
file photo

फागुपूर्णिमा अर्थात् होली नेपाली समाजमा केवल रङ्ग खेल्ने पर्व मात्र होइन, आपसी सद्भाव, प्रेम र आत्मीयताको प्रतीक हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने यो पर्वले समाजलाई एकताबद्ध बनाउने गहिरो सन्देश बोकेको छ । होलीको मूल भावनामा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयता प्रकट गर्ने परम्परा निहित छ । आफन्तजन, साथीभाइसँग अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने चलनले सामाजिक दूरी घटाउने मात्र होइन, परस्पर विश्वास र सद्भावलाई मजबुत बनाउने काम गर्छ । यसरी होलीले समाजमा विद्यमान विभाजनलाई कम गर्दै सहिष्णुता र सहकार्यको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्छ । तर, पछिल्ला वर्षहरूमा होली पर्वमा विकृति र विसङ्गति देखिन थालेका छन् । मदिरा सेवन, अश्लील व्यवहार, जबर्जस्ती रङ्ग दल्ने, सडकमा अशान्ति फैलाउने जस्ता कुरीतिले पर्वको मौलिकता मात्र होइन, सामाजिक सद्भावलाई समेत कमजोर बनाइरहेको छ । यसलाई रोक्न समाजका सबै वर्गले जिम्मेवारीपूर्वक होलीलाई सभ्य र मर्यादित ढङ्गले मनाउनुपर्ने आवश्यक छ ।

पर्वको नाममा हुने विकृति निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु आजको प्रमुख चुनौती पनि हो । सद्भाव र सहिष्णुताबाट मात्रै समाज बलियो हुन्छ । सांस्कृतिक विविधता र भिन्नताबीच पनि एकता सम्भव छ भन्ने सन्देश होलीले प्रदान गर्छ । विभिन्न जाति, धर्म, भाषा र संस्कृतिका नेपालीहरू एउटै रङ्गमा रङ्गिनु भनेको सामाजिक सद्भावको उत्कृष्ट उदाहरण हो । यस पर्वले हामीलाई भिन्नतालाई सम्मान गर्दै सहअस्तित्वको बाटो रोज्न प्रेरित गर्छ । आजको नेपाललाई सामाजिक सद्भावको आवश्यकता झन् बढी छ । राजनीतिक अस्थिरता, सामाजिक विभाजन, आर्थिक कठिनाइ जस्ता चुनौतीबीच होली पर्वले आपसी विश्वास र सहकार्यलाई बलियो बनाउन सक्छ । यदि हामीले होलीलाई सभ्य र मर्यादित ढङ्गले मनायौँ भने त्यो केवल रमाइलो मात्र होइन, समाजलाई एकताबद्ध बनाउने सांस्कृतिक अभियान हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

यस वर्षको होली पर्वले समाजमा विद्यमान विकृति र विसङ्गति हटाउँदै मौलिक संस्कृतिको संरक्षण गर्ने प्रेरणा दिन सकोस् । वैरभावलाई विसर्जन गरी प्रेमभाव र आत्मीयताको रङ्गमा रङ्गिनु नै होलीको वास्तविकता भएकाले सामाजिक सद्भाव कायम राख्दै होलीलाई सभ्य र मर्यादित ढङ्गले मनाउनु नै हाम्रो सामूहिक जिम्मेवारी हो । होली रङ्गको पर्व मात्र नभएर सामाजिक सद्भाव र सहअस्तित्वको पर्व हो । यसलाई सभ्य र मर्यादित ढङ्गले मनाउँदा मात्र यसको वास्तविक महत्त्व प्रकट हुन्छ । होलीले नेपाली समाजलाई एकताबद्ध बनाउने प्रेरणा देओस्, सबैलाई होलीको शुभकामना !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46