२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै ‘स्की रिसोर्ट’मा भीषण आगलागी

४० जनाको मृत्यु, सयभन्दा बढी घाइते
प्रकाशित मिति : २०८२ पुष १८ गते

काठमाडौं / स्विट्जरल्यान्डको एक प्रसिद्ध स्की रिसोर्टमा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीषण आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । दक्षिणी स्विट्जरल्यान्डको पर्यटकीय क्षेत्र क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ बारमा बिहीबार बिहान भएको यो आगलागीमा परी अन्य ११५ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान करिब १स्३० बजे आगो फैलिएको थियो । नयाँ वर्ष २०२६ को स्वागतमा झुमिरहेका युवा र पर्यटकहरूको भिडले भरिएको बारमा अचानक आगो लाग्दा भागदौड मच्चिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

घटना लगत्तै भालिस क्षेत्रको प्रशासनले व्यापक उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई अस्पताल पुर्‍याउन १३ वटा हेलिकप्टर र ४२ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । उद्धार कार्यमा १५० भन्दा बढी आपतकालीन स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरू खटिएका थिए । क्षेत्रीय गभर्नर माथियास रेनार्डका अनुसार ६० जना घाइतेलाई स्थानीय सियोन अस्पताल लगिएको छ भने गम्भीर रूपमा जलेका अन्य बिरामीहरूलाई लोजान र ज्युरिखका विशेषज्ञ ‘बर्न्स युनिट’ मा पठाइएको छ । केही घाइतेहरूको अवस्था अत्यन्तै नाजुक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

अग्नि नियन्त्रण विज्ञहरूले बारभित्र ‘फ्ल्यासओभर’का कारण आगो निकै द्रुत गतिमा फैलिएको बताएका छन् । तातो ग्यास र धुवाँले केही सेकेन्डमै पूरै कोठालाई ज्वालामा परिणत गरेको थियो । कतिपय युवाहरूको फोक्सोमा विषाक्त धुवाँ भरिएका कारण उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

अटर्नी जनरल बियाट्रिस पिलुदले घटनाको गम्भीर अनुसन्धान भइरहेको बताएकी छन् । उनले यो कुनै आतंकवादी आक्रमण नभएको स्पष्ट पारेकी छन् । ‘बारका सिँढीहरू साँघुरा भएका कारण मानिसहरू बाहिर निस्कन नसकेको र उत्सवमा प्रयोग गरिएका ‘फ्लेयर’का कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ,’ पिलुदले पत्रकार सम्मेलनमा भनिन् ।

अन्तर्राष्ट्रिय शोक र सहयोग
यस दुखद घटनामा विदेशी नागरिकहरू पनि ठूलो संख्यामा परेका छन् । इटालीले आफ्ना १६ नागरिक बेपत्ता रहेको र कैयौँ अस्पतालमा उपचाररत रहेको जनाएको छ । फ्रान्सले पनि आफ्ना ८ नागरिक बेपत्ता रहेको पुष्टि गरेको छ ।

स्विट्जरल्यान्डका राष्ट्रपति गुई पार्मेलिनले यसलाई देशकै इतिहासको ‘सबैभन्दा खराब त्रासदी’ मध्ये एक भनेका छन् । बेलायती राजा चार्ल्स, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता जनाएका छन् । मृतकहरूको पहिचान गर्न र कानुनी प्रक्रिया पुरा गर्न अझै केही हप्ता लाग्न सक्ने प्रशासनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89