काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन् ।
रुकुम पूर्वका पार्टी नेता तथा कार्यकर्ताहरूको मागअनुसार प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न लागेका हुन् ।
- ADVERTISEMENT -

प्रचण्ड यसअघि चितवन र गोरखालगायत क्षेत्रबाट निर्वाचन लड्दै आएका थिए । रुकुम पूर्व माओवादी आन्दोलनको महत्त्वपूर्ण आधार क्षेत्र मानिन्छ ।















































