२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा–उज्यालो नेपालको एकता संकटमा

प्रकाशित मिति : २०८२ पुष २६ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकीकरण प्रक्रिया औपचारिक घोषणा नहुँदै संकटमा परेको छ । एकताको सँघारमा आइपुग्दा पद बाँडफाँट र सैद्धान्तिक मुद्दामा ‘कुरा नमिलेको’ भन्दै घिसिङ पक्षले असन्तुष्टि जनाएको हो ।

विशेषगरी संघीयता र धर्मनिरपेक्षताजस्ता पेचिला राजनीतिक मुद्दामा एकमत हुन नसकिरहेका बेला रास्वपाले पूर्वसहमति लत्याएको आरोप उज्यालो नेपाल पक्षले लगाएको छ । रास्वपा नेतृत्वले ‘ठूलो दलको दम्भ’ देखाएको र आफ्ना नेता(कार्यकर्तालाई अपमानित गर्ने व्यवहार गरेको निष्कर्षसहित उज्यालो नेपालका नेताहरूले एकता प्रक्रियामै पुनर्विचार गर्न दबाब दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, शुक्रबार काठमाडौंको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकमा यस विषयले गम्भीर रूप लिएको छ । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत रूपमा लचिलो देखिए पनि उनको सचिवालय र ‘कोर टिम’ सहमति पालनामा बाधक बनेको बताएका छन् ।

के थियो विवादको चुरो ?
स्रोतका अनुसार, एकता प्रक्रिया अघि बढाउँदा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी, केन्द्रीय समितिमा २६ जना सदस्य र समानुपातिकतर्फ १८ सिट दिने प्रारम्भिक समझदारी भएको थियो । तर, अन्तिम समयमा रास्वपाले समानुपातिकको संख्या घटाएर १४ मा झारेको र सांसद बन्ने निश्चित मानिएका ६ जनाको ‘क्ल्स्टर’ नै हटाइदिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

निर्वाचन आयोगमा ५१ सदस्य रहेको उज्यालो नेपालको केन्द्रीय कमिटीलाई ९४ सदस्यीय बनाइएको छ । तर, अधिकांश केन्द्रीय सदस्यले रास्वपाले गरेको व्यवहार अपमानजनक रहेको भन्दै ‘यथास्थिति’ मा पार्टी एकता गर्न नसकिने अडान लिएका छन् । उनीहरूले आफ्नो पार्टीको साख जोगाउन कठोर निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

रास्वपाले सहमति पालना नगरेको निष्कर्षसहित कुलमान घिसिङले वैकल्पिक तयारी अर्थात् ‘प्लान बी’ अघि सारेका छन् । जसअनुसार कुलमानले उज्यालो नेपाल पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने र समानुपातिक मतका लागि अन्य कुनै दलसँग मोर्चाबन्दी वा सहकार्य गर्ने रणनीति बनाएको बुझिएको छ । यद्यपि, दोस्रो तहका केही नेताहरू भने अझै पनि असमझदारी हटाएर रास्वपासँगको एकता जोगाउने अन्तिम कसरतमा जुटिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89