२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि कांग्रेसको विशेष महाधिवेशन सुरु, आन्तरिक विवाद र रस्साकस्सी कायमै

महामन्त्रीद्वय थापा र शर्मासहित पाँच नेताको ‘नोट अफ डिसेन्ट’
प्रकाशित मिति : २०८२ पुष २७ गते

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र रस्साकस्सीका बिच आज (आइतबार) देखि राजधानीमा ‘विशेष महाधिवेशन’ सुरु हुँदैछ । पार्टीको आधिकारिक संस्थापन पक्षले औचित्य नभएको भन्दै खारेज गरे पनि विशेष महाधिवेशन पक्षधर समूहले पूर्वघोषित कार्यक्रम अनुसार नै भृकुटीमण्डपमा महाधिवेशन गर्न लागेको हो ।

काठमाडौँको भृकुटीमण्डपस्थित खुला चौरमा दिउँसो १ः०० बजे महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ । यसलाई असन्तुष्ट पक्षले आफ्नो शक्ति प्रदर्शनको रूपमा समेत लिएको देखिन्छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, उद्घाटन सत्रका लागि ५० जना विशिष्ट अतिथि अटाउने मञ्च र सहभागीहरूका लागि ६ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम स्थललाई कांग्रेसको चारतारे झण्डा, ब्यानर र स्वागत द्वारहरूले झकिझकाउ बनाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट निस्कने र्‍यालीलाई व्यवस्थित रूपमा भृकुटीमण्डपमा उतार्ने तयारी आयोजकले गरेको छ । उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन ।

महाधिवेशनमा भाग लिन देशैभरबाट कांग्रेस कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । आयोजक समितिका अनुसार अधिकांश प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित भइसकेको छ ।

आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाले दिएको जानकारी अनुसार, हालसम्म ३ हजार ६०० प्रतिनिधिका लागि काठमाडौँका विभिन्न स्थानमा आवासको प्रबन्ध मिलाइएको छ । थप प्रतिनिधि आएमा तत्काल व्यवस्थापन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिहरूले १ हजार दर्ता शुल्क बुझाएपछि खानाको कुपन र महाधिवेशन सामग्रीसहितको झोला प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

उद्घाटन सत्र खुला चौरमा भए पनि बन्दसत्र भने भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ । बन्दसत्रमा पेस हुने नीतिगत प्रस्ताव र दस्तावेजहरूका विषयमा भने आयोजकले हालसम्म गुपचुप नै राखेको छ ।

संस्थापन पक्ष भन्छ– महाधिवेशनको औचित्य सकियो
यता, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने नियमित १५औँ महाधिवेशनको मिति तोकिसकिएकाले विशेष महाधिवेशनको माग स्वतः खारेज भएको तर्क गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताइरहँदा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताले भने संस्थापनको उक्त निर्णयमा ‘नोट अफ डिसेन्ट’ (असहमति) जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89