२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एग्रीटेक–एक्स्पोमा एकैदिन १७ हजार बढीको अवलोकन

प्रकाशित मिति : २०८२ माघ ४ गते

भरतपुर / चितवन प्रर्दशनी केन्द्रमा जारी आठौं एग्रीटेक एक्स्पोमा १७ हजार बढीले अवलोकन गरेका छन । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी , विद्यार्थी, अनुसन्धानकर्ताहरुले सहभागिता जनाएका हुन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोको आज दोस्रो दिन अवलोकन कर्ताको उत्साहजनक उपस्थिति रहेको बताउनु भयो ।

‘हिजो पहिलो दिनपनि एक्स्पोमा अवलोकनकर्ताको भीडनै थियो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, आज झन बिहानै देखि भीड बढेको छ । बेलुका सम्म १७ हजार बढीले अवलोकन गर्नु भएको छ ।’ भोलि अन्तिम दिन अवलोकनकर्ताको संख्या थप बढ्ने उहांँले बताउनु भयो । एक्स्पोमा कृषि तथा पशुपन्छीका नवीनतम प्रविधिहरु राखिएका छन । साथै चितवनमै पहिलोपटक फेदी कम्पनीको इभी ट्रक पनि प्रर्दशनमा राखिएको छ । प्रर्दशनमा इभी ट्रकमा अवलोकन कर्ताको बढ्दो आकर्षण रहेको इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रालीका निर्देशक सन्तोष प्रसाईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘नेपालमै हामीले इभी ट्रक पहिलोपटक हामीले भित्र्याएका हौं, प्रसाईले भन्नुभयो, चितवनमा पनि यो ट्रकको विषयमा जानकारी लिने, बुकिङ र खरीद गर्ने आउनु भएको छ ।’ इभी ट्रकले एकपटकको चार्जमा २६० किमी गुड्ने र ६ टन भारवहन क्षमता रहेकोले पनि यसप्रति ग्राहकको आकर्षण बढेको उहांँको भनाई छ । ‘यो ट्रक अन्य इन्धनबाट चल्ने ट्रक जस्तै जुनसुकै ठाउंँमा पनि जान्छ, उहांँले भन्नुभयो, यसले इन्धन ट्रकको भन्दा ७० प्रतिशत खर्च कम गर्छ ।’

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिनुभयो ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्। एक्स्पो यही माघ ४ गतेसम्म चल्नेछ । एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45