२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महाराष्ट्रमा विमान दुर्घटना, उपमुख्यमन्त्री अजीत पवारसहित पाँच जनाको निधन

प्रकाशित मिति : २०८२ माघ १४ गते

काठमाडौं / भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री एवं प्रभावशाली नेता अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । बुधबार बिहान महाराष्ट्रको बारामतीमा उनी सवार निजी विमान दुर्घटनामा परेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ६६ वर्षीय पवार मुम्बईबाट आफ्नो गृहनगर बारामतीका लागि उडेका थिए । बिहान करिब ८स्४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले दिएको जानकारी अनुसार दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार सबै ५ जनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा उनका स्वकीय सचिव, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू रहेका छन् । डिजिसीएले दुर्घटनाको प्रकृति हेर्दा विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको पुष्टि गरेको छ ।

बीबीसी मराठीसँग कुरा गर्दै पवारका स्वकीय सचिव अनिल ढिकले दुर्घटनाको खबरको पुष्टि गरेका छन् । मुम्बईबाट उडेको ‘VTSSK, LJ45’ कलसाइन रहेको उक्त चार्टर विमान अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महाराष्ट्रको राजनीतिमा ‘दादा’ उपनामले चिनिने पवारको आकस्मिक निधनले भारतीय राजनीतिमा शोक छाएको छ । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का वरिष्ठ नेता समेत रहेका पवारको निधनलाई महाराष्ट्रको राजनीतिमा एक अपूरणीय क्षतिको रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45