२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन फोनिजद्वारा तीन सञ्चारकर्मी र दुई संस्था सम्मानित

प्रकाशित मिति : २०८२ माघ १७ गते

देवघाट / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले तीन पत्रकारलाई सम्मान गरेको छ । फोनिजको ११औँ साधारण सभाको अवसरमा चितवन पोष्टकर्मी दिलिप केसी, नारायणी अनलाइनका भिडियो सम्पादक घना गुरूङ र खेलपाटी डटकमकी आश्मा राईलाई सम्मान गरिएको हो ।

यस्तै फोनिज चितवनले सोही अवसरमा आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहको रूपमा सेतो नेपाल डटकम र संस्थागत विकासमा योगदान दिएको भन्दै देवघाट गाउँपालिकालाई सम्मान गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

फोनिज चितवनले साधारण सभाको अवसरमा लामो समयदेखि काम गर्दै आएका तर, ओझेलमा रहेका सञ्चारकर्मीलाई सम्झिने प्रयास गर्दै आएको फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले जानकारी दिए। यसवर्षदेखि भने आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहलाई पनि समेट्ने प्रयास गरिएको उनले बताए।

देवघाट गाउँपालिकाले फोनिज चितवनसँगको सहकार्य विगतदेखि रहँदै आएकोमा आगामी दिनहरुमा पनि रहने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले बताए । समग्र देवघाट क्षेत्रको सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई बाहिर ल्याउनमा फोनिज चितवनले विशेष भूमिका खेल्दै आएको बताउँदै उनले भने, ‘कम्तिमा फोनिजका साथीहरु बेलाबेला गाउँ उक्लिनु हुन्छ, हाम्रो पालिकाको विषयवस्तुलाई पनि सञ्चारमाध्यममा स्थान दिनुहुन्छ। त्यसैल देवघाटको परिचय फराकिलो बनाइदिएको छ ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का सङ्घीय सचिव सन्दीपकुमार श्रेष्ठले फोनिजकर्मीको सक्रियता र सङ्गठन विस्तारले चितवनका आदिवासी जनजातिका मुद्धाहरुलाई सार्वजनिक गर्नमा थप टेवा पुगेको बताए ।

नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले नेपालको राजनैतिक परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदान रहेको स्मरण गराए। प्रथम शहीद लखन थापामगर नै देशको पहिलो शहीद भएको उदाहरण दिँदै उनले भने, ‘समाज रुपन्तरणको लागि आदिवासी जनजातिको भूमिका हिजोदेखि नै थियो। त्यसको उदाहरणको रुपमा हामीले प्रथम शहीद लखन थापामगरलाई सम्झिए पुग्छ ।’

नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० चितवनका अध्यक्ष सागर कुमालले फोनिजकर्मीको उपस्थिति देख्दा आदिवासी जनजाति समुदायले चितवनका सञ्चारमाध्यममा राम्रै प्रभाव पारेको दाबी गरे । ‘हिजोका दिनमा आदिवासी जनजातिका आवाजलाई बाहिर ल्याउनै समस्या थियो। तर, आज हाम्रो आवाज उठाउन हाम्रै समुदाय सक्षम भइसकेको छ भन्ने उदाहरण फोनिजकर्मीको उपस्थितिले देखाउँछ,’ उनले भने, ‘सिङ्गो आदिवासी जनजातिको लागि यो ज्यादै महत्त्वपूर्ण विषय हो ।’

कार्यक्रममा फोनिज चितवनको संस्थागत विकासमा आर्थिक सहयोग गरेका व्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

वनभोजसहित आयोजना गरिएको साधारण सभामा फोनिज चितवनका सचिव आशिक रानामगरले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89