Opens in a new tab
२०८३ आश्विन १७, शनिबार
October 3, 2026
२०८३ आश्विन १७, शनिबार
October 3, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा मनाइयो ३२औँ तामाङ प्रसारण दिवस

संस्थागत विकासका लागि भौतिक पूर्वाधारमा जोड
प्रकाशित मिति : २०८३ भाद्र १ गते
photo : bina tamang / newsprabah

भरतपुर / तामाङ पत्रकार संघ चितवनले सोमबार भरतपुरमा ३२औँ तामाङ प्रसारण दिवस मनाएको छ । सोमबार सम्पन्न कार्यक्रममा तामाङ भाषा, सञ्चार तथा पत्रकारिताको विकाससँगै संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन तामाङ पत्रकार संघ बागमती प्रदेशका सदस्य तथा प्रमुख अतिथि बबिलाल तामाङले ब्यानर वाचन गरेर गरेका थिए । उद्घाटनपछि बोल्दै उनले तामाङ भाषाको संरक्षण र प्रवर्द्धनका लागि भाषा प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । तामाङ समुदायमा भाषाको प्रयोग बढाउन नियमित भाषा प्रशिक्षणसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

उनले तामाङ पत्रकार संघ चितवनको संस्थागत विकासका लागि आफ्नै भवन निर्माण गर्ने पहललाई अघि बढाउनुपर्नेमा जोड दिए । संस्थाको स्थायित्व कायम गर्दै पत्रकारिता गतिविधिलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार आवश्यक रहेको उनले बताए ।

कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । संघका सन्तोष तामाङले स्वागत मन्तव्य व्यक्त दिएका थिए भने कार्यक्रमको सञ्चालन प्रतिमा तामाङले गरेकी थिइन् ।

कार्यक्रममा संघकी सदस्य विना तामाङले अतिथिहरूलाई खादा ओढाएर सम्मान गरिन् । संघका संस्थापक अध्यक्ष उर्गेन तामाङ, संस्थापक उपाध्यक्ष सरस्वती तामाङ, निवर्तमान सचिव राजेश रुम्बा लामा र कोषाध्यक्ष युवक तामाङले पनि मन्तव्य व्यक्त गरे ।

वक्ताहरूले तामाङ भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै तामाङ पत्रकारितालाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

तामाङ प्रसारण दिवसले तामाङ भाषामा सञ्चार सामग्रीको उत्पादन तथा प्रसारणका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको वक्ताहरूको भनाइ थियो । कार्यक्रममा आगामी दिनमा तामाङ पत्रकारिता तथा भाषाको विकासका लागि थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

२०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको हो भने सोही दिनको सम्झनामा हरेक वर्ष तामाङ प्रसारण दिवस मनाइँदै आएको छ ।

https://www.facebook.com/share/v/1DkeLXJ5hM/

https://www.facebook.com/share/v/1DkeLXJ5hM/

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.81
154.41
European Euro
1
173.31
173.99
UK Pound Sterling
1
202.94
203.74
Swiss Franc
1
183.76
184.48
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
107.88
108.30
Singapore Dollar
1
120.01
120.48
Japanese Yen
10
9.71
9.75
Chinese Yuan
1
22.94
23.03
Saudi Arabian Riyal
1
40.96
41.12
Qatari Riyal
1
42.20
42.36
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.88
42.04
Malaysian Ringgit
1
37.66
37.80
South Korean Won
100
11.26
11.30
Swedish Kroner
1
15.29
15.35
Danish Kroner
1
23.18
23.27
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.46
501.41
Bahrain Dinar
1
407.97
409.56
Omani Rial
1
399.51
401.07