२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बस र ट्याक्टर ठोक्किँयो एकापासमा, २१ विद्यार्थी घाइते

प्रकाशित मिति : २०८२ माघ २० गते

काठमाडौं / बाक्लो हुस्सुका कारण बिहानीपखको न्यून भिजिबिलिटीले रुपन्देहीमा एक विद्यालयको बस दुर्घटनामा परेको छ । मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा स्कुल बस र ट्याक्टर एकापसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।

मणीग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सवार रहेको सो बसलाई विपरीत दिशाबाट आउँदै गरेको धान बोकेको ट्याक्टरले ठक्कर दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नवलपरासीबाट भैरहवातर्फ आइरहेको लु १ ख ८६७५ नम्बरको बस र विपरित दिशाबाट गइरहेको लु ३ त ३५३० नम्बरको ट्याक्टर एकापसमा जुधेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले प्रारम्भिक अनुसन्धानबाट बिहानीपख लागेको बाक्लो हुस्सुका कारण चालकले बाटो स्पष्ट देख्न नसक्दा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै, ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य चोटपटक लागेका अन्य ४ जना विद्यार्थी भने प्राथमिक उपचार पश्चात डिस्चार्ज भई घर फर्किसकेका छन् ।

प्रहरीले दुर्घटनामा संलग्न बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए । पछिल्लो केही दिनयता तराईका जिल्लाहरुमा शीतलहर र बाक्लो हुस्सुका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89