२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्यो घोषणापत्र

जनताको बहुमत लिएर संसद्मा पुग्ने पार्टीको दाबी
प्रकाशित मिति : २०८२ माघ २१ गते

चितवन / आगामी फागुन २१ गते संविधान सभा निर्वाचन लक्षित भरतपुरमा श्रम संस्कृति पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीको चितवन समितिले मङ्गलबार पत्रकार सम्मेलन मार्फत् जिल्लाका उमेदवारसहित घोषणापत्र सार्वजनिक गरेको हो । चितवनको तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उमेदवार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर पुनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष पुनका अनुसार क्षेत्र नं १ मा अनिल तामाङ, क्षेत्र नं २ मा मिलन थापामगर र क्षेत्र नं ३ मा तोजमान गुरूङलाई उमेदवार बनाएको हो । पार्टीले पछिल्लो समय पुराना दलहरुप्रति देखिएको वितृष्णाले पनि श्रम संस्कृति पार्टीले निर्वाचन जित्ने आकलन गरेको छ । तीनवटै निर्वाचन क्षेत्रमा जित निकाल्न जिल्ला समिति एक ठाउँमा उभिएको उनले बताए ।

पार्टीले श्रम र सम्मानलाई जोड्दै ‘अब भाषणको खेती होइन, श्रमको क्रान्ति’ भन्ने नारा लिएको छ । घोषणापत्रमा ‘नेपाली राजनीतिमा नयाँ विकल्प’ उदाएको उल्लेख छ ।

जनताका विभिन्न आशा र अपेक्षा बोकेर वर्षौं बिताएका दलहरुबाट कुनै उपाय नलागेपछि नयाँ शक्तिको रुपमा श्रम संस्कृति पार्टीको उदय भएको भन्दै प्रतिनिधिसभाको आसन्न निर्वाचनमा जनताको साथ र सहयोगबाट बहुमत लिएर संसद्मा पुग्ने पार्टीले दाबी गरेको छ ।

नेपालको राजनीतिक इतिहासमा विगतदेखि नै ठूला दलहरुले सत्ता र शक्तिकेन्द्रित राजनीति गरेको आरोप लगाउँदै अबका दिनमा श्रमिक, किसान, युवालगायत आमनागरिकको जीवनस्तर उकास्ने र परिवर्तन गर्ने नीतिगत कार्यक्रम अघि सारेको पार्टीका चितवन जिल्ला प्रवक्ता शिव शर्माद्वारा सार्वजनिक घोषणापत्रमा उल्लेख छ ।

उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी श्रम र सीपको सम्मान, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धतासमेत घोषणापत्रमार्फत सार्वजनिक गरिएको छ । देश विकासमा विदेशी निर्भरता घटाउँदै स्वदेशमै कृषि, उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने पार्टीले नीति लिएको छ ।

एक गाउँ, एक उद्योग र एक व्यक्ति, एक उद्यमको अवधारणा अघि सार्दै स्वदेशमै रोजगारी सिर्जना गरेर गरिबी न्यूनीकरण गर्ने विषयलाई पनि घोषणापत्रमा समटिएको छ । सुशासन, सामाजिक न्याय, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, प्रविधिको विकास, शिक्षा, स्वास्थ्यमा सुधारजस्ता विषयलाई पनि घोषणापत्रमा प्राथमिकतामा राखिएको छ ।

घोषणापत्र सार्वजनिक गर्ने क्रममा क्षेत्र नं १ का उमेदवार अनिल तामाङले समाजमा संस्कार परिवर्तनका लागि प्रतिनिधि चुन्ने समय आएको बताए । ‘हामी संसद्मा प्रतिनिधि बदल्नमात्रै निर्वाचनमा होमिएका होइनौँ, संस्कार पनि बदल्नुपर्छ भनेर आएका छौँ’, उनले भने, ‘त्यसका लागि फागुन २१ सुनौलो अवसर हो ।’

क्षेत्र नं २ का उमेदवार मिलन थापामगरले विचार र चेतनाको क्रान्तिमार्फत समाज रुपान्तरण गराउन आफूहरु उमेदवारको रुपमा जनताको घरदैलोमा आइपुगेको बताए । श्रमदानबाटै देश बनाउन सकिन्छ भन्ने अठोटका साथ हर्कवादको सिद्धान्त बोकेर जनतासामु उभिएको उनले बताए । परिणाममुखी व्यवस्थाको खोजी, इमानदार नेतृत्वका लागि मतदाताले आफ्नो अधिकार प्रयोग गर्न पाउने राम्रो मौका मिलेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45