चितवन / तमू प्ये ल्हु संघ चितवनले मानवशास्त्री डा. टेकबहादुर गुरूङ र वरिष्ठ पत्रकार अनिता गुरूङलाई सम्मान गरेको छ ।
शनिबार २२औँ स्थापना दिवसमा आयोजित ‘तमू जातिको उत्पत्ति, इतिहास, संस्कार र संस्कृतिबारे एक विवेचना’मा गुरुङद्वयलाई सम्मान गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
- ADVERTISEMENT -

उनीहरुलाई गुरूङ समुदायको संस्थागत विकासमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको हो ।
सम्मानित मानवशास्त्री डा. गुरूङले गुरूङ समुदायको भाषा, संस्कार, संस्कृति जोगाउनका लागि ज्ञान बाँड्न आवश्यक रहेको बताए ।
- ADVERTISEMENT -

हामीसँग भएका ज्ञान लुकाउने होइन फुकाउने बताउँदै सधैँ लुकाइराख्ने हो भने संरक्षण नहुने उनको भनाइ थियो । उनले भण्डार जति बाँड्यो त्यति नै बढ्छ भन्ने मान्यता राखेर खेगी, चोँगीहरुले काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रम तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव कृष्ण तमुले गरेकी हुन् । कार्यक्रममा १ सय पचास बढी गुरुङ समुदायको उपस्थिति रहेको थियो ।













































