निर्वाचन २२ दिन बाँकी
२०८२ माघ २९, बिहीबार
February 12, 2026
२०८२ माघ २९, बिहीबार
February 12, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ सुरु, उत्कृष्ट दुग्ध उत्पादक सहकारीलाई सम्मान

प्रकाशित मिति : २०८२ माघ २६ गते
- ADVERTISEMENT -

भरतपुर / चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा आइतबारदेखि ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ शुरु भएको छ ।

“डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ सुरु भएको डेरी एक्स्पोमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष किशोर बगालेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास सचिव डा. दिपक खराल प्रमुख अतिथि रहेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख अतिथि खरालले प्रदर्शनी मार्फत साना किसान, उद्योगी र व्यापारीसम्म डेरी उत्पादनको प्रक्रिया र वितरण प्रणालीमा सहयोग पुग्ने बताए। सचिव खरालले प्रदर्शनीको माध्यमबाट बिटुबि मिटिङका माध्यमबाट डेरीजन्य उत्पादनको निर्यातसँगै कृषि सहकारीहरूलाई औद्योगिक उत्पादनमा प्रेरित गर्न टेवा पुग्ने बताए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्यसहित अन्तर्राष्ट्रिय एक्स्पोको बारेमा जानकारी गराएका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का सल्लाहकार एवम् केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भागिरथ तिमिल्सना, नेपाल डेरी एशोसिएसन नेपालका अध्यक्ष प्रल्लाद दाहाल, डेरी उद्योग संघ नेपालका अध्यक्ष राजकुमार दाहाल, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि पौडेल, राष्ट्रिय दुग्ध विकास संस्थानका महाप्रबन्धक सन्जिव झा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे, पशु सेवा विभाग, हरिहर भवन, ललितपुर, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमर बहादुर कुँबर, राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहर भवन, ललितपुर, नेपालका कार्यकारी निर्देशक राजेन्द्र यादव, कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपकुलपति प्रा.डा.शारदा थपलिया लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे ।

प्रदर्शनी अन्तर्गत दोश्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, तेश्रो दिन दुध उत्पादनको वर्तमान अवस्था वजारको समस्या र सामाधानका उपायहरु सम्बन्धि कार्यपत्र प्रस्तुति सहित अन्तरक्रियात्मक कार्यक्रम (कार्यपत्रहरु – (१) पशुपालनमा देखिने रोग र उपचार विधि, (२) दुधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, (३) दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौति तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा), चौथो दिन दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता ÷ उन्नत जातको गाई प्रर्दशनी ÷ सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम हुनेछ ।

प्रदर्शनीमा वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू ९संघीय, प्रादेशिक, स्थानीय०, प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालय तथा फुड टेक इन्जिनियरिङ्ग कलेजका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरू गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

प्रदर्शनीमा भारतका डेरीजन्य स्टलहरु, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी, डेरी उद्योगका लागी उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरू, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरू, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरू, स्टार्टअप प्याभिलियन लगायतका स्टलहरुको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रबद्र्धक तथा सह–आयोजकको रुपमा रहेका छन् । त्यस्तै, सहयोगी संस्थाहरुमा हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, काठमाण्डौं, डेरी उद्योग संघ र नेपाल डेरी एशोसियसन, संरक्षक संस्थाहरुको रुपमा नेपाल उद्योग परिसघ र केन्द्रीय दुग्ध सहकारी संघ लि।रहेका छन् भने, आईटि पार्टनरको रुपमा टुना टेक्नोलोजीले सहकार्य गरेको छ ।

प्रदर्शनीको प्रबद्र्धकको रुपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबद्र्धन कार्यालय, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, दुग्ध विकास बोर्ड, भरतपुर महानगरपालिका लगायत स्थानियपालिकाहरु रहेका छन् ।

इन्टरनेट पार्टटरको रुपमा वल्र्डलिङ कम्युनिकेशन प्रा.लि.रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रमलाई चितवन उद्योग संघका चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.63
145.23
European Euro
1
172.16
172.87
UK Pound Sterling
1
197.56
198.38
Swiss Franc
1
188.71
189.50
Australian Dollar
1
102.30
102.72
Canadian Dollar
1
106.62
107.06
Singapore Dollar
1
114.23
114.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
20.93
21.01
Saudi Arabian Riyal
1
38.56
38.72
Qatari Riyal
1
39.57
39.73
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
39.38
39.54
Malaysian Ringgit
1
36.86
37.02
South Korean Won
100
9.90
9.94
Swedish Kroner
1
16.20
16.27
Danish Kroner
1
23.04
23.14
Hong Kong Dollar
1
18.50
18.58
Kuwaity Dinar
1
473.96
475.93
Bahrain Dinar
1
383.64
385.23
Omani Rial
1
375.69
377.25