२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुन मूल्यमा भारी वृद्धि, तोलाको सवा ३ लाख नजिक

प्रकाशित मिति : २०८२ माघ १४ गते

काठमाडौं / नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा भारी वृद्धि भएपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा उल्लेख्य वृद्धि भई प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको तुलनामा ९ हजार ५०० रुपैयाँले बढी हो । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ । केही समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ बुधबार ९ लाख १९ हजार रुपैयाँको मनोवैज्ञानिक विन्दु नजिक पुग्नुले बजारमा नयाँ तरंग पैदा गरेको छ ।

सुनसँगै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड राखेको छ। बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ६ हजार ८७० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदीमा एकैदिन ४३० रुपैयाँको वृद्धि देखिएको छ ।

महासंघका अनुसार आज कायम भएको सुन र चाँदी दुवैको मूल्य नेपाली सुनचाँदी कारोबारको इतिहासमा हालसम्मकै उच्च हो । विश्व बजारमा देखिने अस्थिरता र आर्थिक सूचकाङ्कहरूमा आएको परिवर्तनका कारण नेपाली बजारमा पनि यसको सिधा असर परेको व्यवसायीहरूको विश्लेषण छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22