२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आठौं एग्रीटेक इन्टरनेसन एक्स्पोको समापन, ३१ हजार बढीले गरे अवलोकन 

प्रकाशित मिति : २०८२ माघ ४ गते
- ADVERTISEMENT -

भरतपुर । चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने  आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पोको समापन भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले  अवलोकन गरेका  छन । 

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा  ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिनुभयो । 

- ADVERTISEMENT -

Advertisement

‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने , जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, प्रबन्ध निर्देशक भट्टराइले भन्नुभयो, सबै  प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ ।’

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोमा आशा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताउनु भयो । ‘पहिलेका एक्स्पो, मेलामा सबै प्रकारका अवलोकनकर्ताहरु पनि आउने गर्नुहुन्थ्यो, अध्यक्ष घिमिरेले भन्नुभयो, यसपटक लक्षित समुहका अवलोकनकर्ताहरु आएको पायौं ।’ चितवन उद्योग संघले गर्दै आएका यस्ता कार्यक्रमले सार्थकता पाउंँदै गरेको र अवलोकनकर्ताहरुले पनि अधिकतम लाभ लिएको घिमिरेको भनाई छ । 

- ADVERTISEMENT -

Advertisement

एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत बिषयगत क्षेत्रका अवलोकन कर्ताको उत्साहजनक सहभागिताले एक्स्पो सफल भएको उहांँले बताउनु भयो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ   ।  

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।  

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी दिइएको मिडिया स्पेसका प्रबन्ध निर्देशक  भट्टराइले जानकारी दिनुभयो  ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। 

त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।  

माघ  ४ गतेसम्म  संचालित  एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88