२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

चितवन तमूस्योले मनायो ‘म्हाँ ङी त्ही’

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते

भरतपुर / तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवनले ‘म्हाँ ङी त्ही’ मनाएको छ। मङ्गलबार गुरूङ (तमू)हरुको सृष्टीकर्ताको रुपमा म्हाँ ङी त्ही मनाएको हो ।

गुरूङ जातिको पौराणिक परम्पराअनुसार सात जना आमालाई सृष्टीकर्ताको रुपमा पूजा गर्दै यो दिवस मनाउने चलन छ । तर, चितवनमा भने तमूस्यो ह्युल छोँज धीँले पहिलोपटक कार्यक्रम गरेको अध्यक्ष सीतादेवी तमूस्योले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

‘केन्द्रीय समितिले पहिलेदेखि नै म्हा ङी त्ही मनाउँदै आएकोमा जिल्ला समितिलाई पनि मनाउन निर्देशन दिँदै आएकोमा अहिलेसम्म कार्यक्रम गर्ने मेसो मिलेको थिएन । यसपालिबाट मेसो मिलेको छ,’ उनी भन्छिन्, ‘आगामी दिनमा पनि यो दिवसले चितवनमा निरन्तरता पाउने छ ।’

करिब साढे दुई दशक लामो अनुभव बटुलिसकेको तमूस्यो ह्युल छोँज धीँले तमू जातिको मौलिक र पौराणिक एवम् सांस्कृतिक गतिविधिलाई खोजीखोजी संरक्षण र सम्वद्र्धन गर्ने प्रयास गर्दै आएको उनले बताइन् । ‘अग्रजहरुको साथ र सहयोगबाट हामी हाम्रो मौलिक संस्कृति संरक्षणमा काम गर्नेछौँ,’ उनले भनिन्, ‘समाजमा भएका विकृतजन्य पक्षलाई हटाउँदै सकारात्मक पक्षलाई संरक्षण गर्नु हाम्रो संस्थाको दायित्व पनि हो ।’

- ADVERTISEMENT -

Advertisement

तमूस्यो ह्युल छोँज धीँ वागमती प्रदश प्रमुख सावित्री गुरूङले हरेक प्राणीको सृष्टीकर्ता नै आमा भएको हुँदा आमालाई बिर्सिएर अरु काम गर्न नहुने तर्क गरिन् । संसारमै सबैभन्दा ठूलो भगवान नै आमा भएको बताउँदै आमालाई सधैँ पूजा गर्ने ठाउँमा राख्नु हरेक सन्तानको कर्तव्य हुन आउने उनले बताइन् ।

कार्यक्रममा तमूस्यो ह्युल छोँज धीँसँगै तमू ह्युल छोँज धीँ, तमू प्ये ल्हु संघलगायतका संघसंस्थाबाट विभिन्न तहमा रहेका व्यक्तिहरु सहभागी थिए । बौद्ध धर्म सेवा समिति चितवन, तमू नगर गुठीलगायतका संघसंस्थाबाट पनि प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई रिपुसँगै सेतो टीका र खादामार्फत सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61