२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा एकाबिहानै बस दुर्घटना, १७ जनाको मृत्यु

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते
File photo.

काठमाडौं / पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज (सोमबार) बिहान करिब १ः३० बजे बस त्रिशूली नदीमा खसेको हो ।

ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस सडकबाट सिधै नदीमा खस्दा १७ यात्रुको ज्यान गएको सशस्त्र प्रहरी बलले पुष्टि गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १७ जनाको शव निकालिएको छ भने दुर्घटनामा २८ जना घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

बसमा चालकसहित ४५ जना सवार रहेको प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४३ जना पोखराबाट र २ जना मुग्लिनबाट चढेका थिए । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बलको आदमघाटस्थित विपद् व्यवस्थापन वेशबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा टोली खटिएको थियो । यस्तै, कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको टोलीले उद्धार कार्य जारी राखेको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घाइते २८ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको जानकारी दिए । उनले घाइतेहरूको सनाखत भए पनि मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताए । ‘उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समन्वयकारी रूपमा खटिएको छ,’ उनले भने ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । तीव्र गति वा चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45