२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते

काठमाडौं / मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको समुद्री सतहमुनि सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

यो भूकम्प सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएका ठूला भूकम्पहरूमध्ये एक मानिएको छ । यद्यपि, भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा करिब ६२० किलोमिटर गहिराइमा रहेका कारण सम्भावित ठूलो संकट भने टरेको छ । भूगर्भविद्हरूका अनुसार सामान्यतया धेरै गहिराइमा केन्द्रविन्दु भएर जाने भूकम्पले जमिनको सतहमा कम प्रभाव पार्ने र सुनामीको लहर पैदा गर्ने सम्भावना न्यून हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

भूकम्पलगत्तै प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले कुनै पनि सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ । केन्द्रका अनुसार अत्यधिक गहिराइका कारण समुद्री छालहरूमा कुनै असामान्य हलचल देखिएको छैन । यस्तै , मलेसियाको मौसम विज्ञान विभागले पनि सुनामीको कुनै जोखिम नरहेको भन्दै सर्वसाधारणलाई नआतिएर आफ्नो नियमित कार्यमा लाग्न अपिल गरेको छ ।

भूकम्पको धक्का मलेसियाको सबाह र सारावाक क्षेत्रमा केही सेकेन्डसम्म महसुस गरिएको थियो । मध्यरातमा जमिन हल्लिएपछि त्रसित बनेका कतिपय स्थानीय बासिन्दाहरू घरबाहिर निस्किएका थिए । मलेसियाका अतिरिक्त छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनहरूमा समेत हल्का कम्पन महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागले हालसम्म भूकम्पका कारण कुनै पनि भौतिक पूर्वाधारमा क्षति पुगेको वा मानवीय हताहती भएको रिपोर्ट प्राप्त नभएको जानकारी दिएको छ । सुरक्षा अधिकारीहरूले सावधानीका लागि समुद्री किनार र जोखिमयुक्त मानिएका क्षेत्रहरूमा निगरानी बढाएका छन् । विशेषज्ञहरूले यसलाई ‘डिप फोकस’ भूकम्प भनेका छन् , जसको शक्ति गहिराइमै क्षय हुने भएकाले सतहमा विनासकारी प्रभाव कम परेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37