Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

साम्बाको उपचारमा जुटेयो एक करोड बढी सहयोग

प्रकाशित मिति : २०८२ फाल्गुन १२ गते

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा)ले उपचारका लागि साथ र सहयोग जुटाइदिने समर्थकप्रति आभार व्यक्त गरेकी छन् ।

हिजो मात्रै आर्थिक सहयोगको अपिल गरेकी उनले पछिल्लो २४ घण्टामा प्राप्त साथ, विश्वास र मायाप्रति कृतज्ञता व्यक्त गर्दै अब थप सहयोग रोक्न अनुरोध गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

साम्बाका अनुसार उनको उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ । विभिन्न संघ–संस्था तथा प्रायोजक संस्थाबाट नगद र सुविधा सहयोगको वाचा समेत प्राप्त भएको उनले उल्लेख गरेकी छन् ।

कतारमा उपचारका क्रममा लाग्ने आवास तथा यातायात खर्चसमेत जुट्ने देखिएकाले अब दुवै खातामा सहयोग रकम नपठाउन उनले अनुरोध गरेकी छन् ।

उनले आफू आबद्ध क्लबले शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रिया सहज बनाइरहेको जानकारी दिएकी छन् । छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकान महसुस भएको उल्लेख गर्दै उनले समर्थकको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन् । “खेलाडीका रूपमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन रहेछ भन्ने फेरि एकपटक महसुस गरेँ,” उनले लेखेकी छन् ।

दृढ संकल्प व्यक्त गर्दै साम्बाले पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्कने प्रतिबद्धता दोहोर्याएकी छन् । “म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु। देशका लागि, तपाईंहरूका लागि, र त्यो विश्वासका लागि जसले मलाई अघि बढाएको छ,” उनले सन्देशमा उल्लेख गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22