चितवन / प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका चितवन जिल्लाका सम्पूर्ण नाकाहरु बन्द गरिने भएको छ ।
यही फागुन २१ सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार जिल्ला प्रशासन कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
- ADVERTISEMENT -

चितवन प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार फागुन १९ गते राति १२ः०० बजेदेखि २२ गते राति १२ः०० बजेसम्म (३ मार्च, २०२६ देखि ६ मार्च) बन्द हुनेछ ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नाकाहरु बन्द हुने विज्ञप्तिमा जनाइएको छ । चितवन प्रशासन आम सर्वसाधारण सबैमा अनुरोध गर्दै विज्ञप्ति जारी गरेको हो ।















































