Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घरदैलो अभियानमा रास्वपा र एमाले कार्यकर्ताबीच कुटाकुट

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते

बैतडी / बैतडीमा चुनाव प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच मुठभेड भएको छ । घरदैलो अभियानका क्रममा दुई पक्षबीच भएको झडपमा परी एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, जिल्लाको डिलासैनी गाउँपालिका(७ स्थित लेक टोलमा मतदाताको घरदैलोमा पुग्ने क्रममा दुवै दलका कार्यकर्ताबीच जम्काभेट भएको थियो । सोही क्रममा सामान्य विवाद बढ्दै गएर झडपको स्थिति सिर्जना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

झडपमा परी एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य २८ वर्षीय जनक धामी र सोही ठाउँका २६ वर्षीय माधव धामी घाइते भएका छन् । प्रहरी निरीक्षक सिंहका अनुसार घाइतेमध्ये जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट पुगेको छ । दुवै घाइतेको तत्काल उद्धार गरी हाल गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

चुनावको मुखमा राजनीतिक दलका कार्यकर्ताबीच यसरी झडप भएपछि सो क्षेत्रको सुरक्षा संवेदनशीलता बढेको छ । घटनाको विस्तृत अध्ययन, सत्यतथ्य संकलन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षककै कमान्डमा एक टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98