२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘बामपन्थी घटकहरु एक ठाउँमा उभिनु नै जितको आधार’

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते

चितवन / आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि चितवन क्षेत्र नं. २ बाट २३ जना उमेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रताप गुरूङ चुनावी मैदानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीनाकुमारी खरेलजस्ता उमेदवारलाई केन्द्रमा राखेर चुनावी विश्लेषण गर्दै आएको चितवन–२ मा गुरूङ पनि आफूलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

तत्कालीन नेकपा माओवादी पार्टीबाट समाज रूपान्तरणमा सक्रिय उनले जीवनको साढे दुई दशक लामो समय यही क्षेत्रमा बिताइसकेका छन् । र पनि पहिलोपटक संसदीय निर्वाचनको अभ्यासमा होमिएका उनी निस्कलङ्क व्यक्तिको रुपमा आफूलाई स्थापित गराउँदै आएका छन् । मुख्य चार वटा दलका उमेदवारलाई प्रतिष्पर्धी मान्दै आएका उनले वर्तमान परिवेशमा बामपन्थी राजनीतिक घटकहरु एक ठाउँमा उभिनुलाई आफ्नो जीतको मुख्य आधार मानेका छन् ।

‘चितवन–२ पहिलेदेखि नै बामपन्थीहरुको क्षेत्र हो। विगतका घटनालाई हेर्ने हो भने पनि नेकपा एमाले र तत्कालीन माओवादीले चुनाव जित्दै आएको ठाउँ हो। त्यसकारण यस क्षेत्र बामपन्थीहरुको मुख्य आधार क्षेत्र हो,’ उनी भन्छन्, ‘अहिलेको निर्वाचनमा नेकपा एमालेबाहेकका बामपन्थी घटकहरु एक ठाउँमा उभिँदा अहिलेको नेकपा त्यसै बलियो छ।’

नेकपा एमालेबाट यसपटक कमजोर उमेदवार उठाउनु, नेपाली कांग्रेसबाट कुनै समय पार्टीको निर्णयविपरीत गतिविधि गरेको व्यक्तिलाई उमेदवार बनाउनु, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वापा०का सभापति स्वयम् विवादित पृष्ठभूमि भएकै कारण यसपटक चितवन–२ ले आफूलाई छान्नेमा ढुक्क भएको दाबी गर्छन् । ‘जेनजी आन्दोलनमा सरकारको नेतृत्वमा नेकपा एमाले रहेको र एमालेले अहिलेसम्म पनि उक्त घटनालाई एमाले विरुद्धको घटना भन्दै आउँदा त्यसबाट मतदाता असन्तुष्ट छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक विगतलाई हेर्ने हो भने चितवन–२ का मतदाताले हरेक निर्वाचनमा फरक व्यक्तिलाई चुनेर संसदमा पठाउने गरेका कारण यसपटक मैले चुनाव जित्छु भन्नेमा म ढुक्क छु।’

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई छाडेर हेर्ने हो भने भरतपुर महानगरपालिकाभित्र रेनु दाहालले गरेको विकास निर्माणले पनि आफूलाई सहयोग पुग्ने उनले ठोकुवा गरे। ‘रेनु दाहालले गर्न बाँकी रहेको कामलाई पूर्णता दिन प्रताप गुरूङ यहाँहरुमाझ उपस्थित भएको छु,’ उनी भन्छन्, ‘अर्को कुरा यस निर्वाचन क्षेत्रमा करिब ४८ प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास छ। त्यसले पनि मलाई निर्वाचन जित्न गाह्रो छैन ।’

इच्छाकामना आफ्नो स्थानीय तह भएकोले इच्छाकामनाकै मत अगाडि पार्न सकियो भने त्यसैका आधारमा चुनाव जित्न समस्या नहुने उनको बुझाइ छ । चितवनलाई केन्द्रीय सहरको रुपमा विकास गर्ने योजना अघि सारेका उनले कालिका नगरपालिकालाई औद्योगिक ग्राम र इच्छाकामना गाउँपालिकालाई पर्यटकीय पालिकाको रुपमा विकास गर्न सकिने लक्ष्य लिएका छन् ।

भरतपुर अस्पताललाई शिक्षण अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई स्तरोन्नती गर्दै स्वास्थ्य क्षेत्रमा आमनागरिकको पहुँचलाई थप नजिक बनाउने, हरेक क्षेत्रको सेवालाई प्रविधिमैत्री बनाउने, देवघाट क्षेत्रलाई व्यवस्थापन र व्यवस्थित बनाउने, कृषि र पशुपालन क्षेत्रलाई विशेष जोड दिने, आधुनिक प्रविधिको भरपुर उपयोग गर्ने, बाँदर नियन्त्रणको लागि नीति तथा योजना तर्जुमा बनाएर काम गर्नेजस्ता विषयलाई पनि उनले आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका छन्।

जङ्गल क्षेत्र आसपास बसोबास गर्ने नागरिकहरुका लागि मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई न्युनिकरण गर्ने, सुकुम्बासी समस्या समाधान गर्नेजस्ता विषय पनि उनको प्राथमिकतामा परेका छन्। निजी क्षेत्रलाई आकर्षित गराउँदै स्वरोजगारको व्यवस्था गराउने उनको योजना छ।

करिब एक लाख ३७ हजार मतदाता रहेको चितवन–२ मा यसपटक सबै दलको एकल उमेदवार हुँदा नेकपाका २० भन्दा बढी दलहरुको साझा उमेदवार नै आफू भएकोले करिब ३० हजार मत ल्याउन सके जित निकाल्न सकिने उनले आँकलन गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45