२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

नवनिर्वाचित सांसदलाई पोख्त बनाउँदै रास्वपा, दुईदिने विशेष अभिमुखीकरण आजदेखि सुरू

प्रकाशित मिति : २०८२ चैत्र ३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम आज (मंगलबार) देखि सुरु गर्दैछ । नयाँ सांसदहरूलाई संसदीय पद्धति र विधि-विधानका बारेमा जानकारी गराई उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माणको प्रक्रिया, संसद्को कार्यसञ्चालन प्रणाली तथा जनप्रनिधिको प्रमुख जिम्मेवारीका विषयमा विस्तृत प्रशिक्षण दिइनेछ । यसका साथै पार्टीले आगामी दिनमा सदनमा अवलम्बन गर्नुपर्ने नीति र रणनीतिबारे पनि गहन छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका अनुसार जननिर्वाचित प्रतिनिधिहरूलाई कानुन निर्माणमा सक्रिय बनाउन र सदनमा जनताका मुद्दाहरूलाई तार्किक रूपमा प्रस्तुत गर्न यो अभिमुखीकरण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । हालै सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १८२ सिटमा सफलता हासिल गरेपछि आफ्ना सदस्यहरूलाई संसदीय मर्यादा र कार्यशैलीमा अभ्यस्त गराउन यो तत्परता देखाएको हो ।

यसअघि, पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे निर्देशिका जारी गर्दै प्रशिक्षणमा अनिवार्य उपस्थित हुन आह्वान गरिसकेका छन् । निर्देशिकामा संसद्मा प्रस्तुत हुने शैलीदेखि पार्टीको अनुशासन पालना गर्नेसम्मका विषयहरू समेटिएका छन् । नयाँ शक्ति र ऊर्जाका साथ संसद्मा प्रवेश गरेका रास्वपाका सांसदहरूका लागि यो प्रशिक्षणले नीतिगत स्पष्टता ल्याउने र संसद्को गरिमा बढाउन मद्दत पुग्ने विश्वास पार्टी नेतृत्वले लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49