२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

ललितपुरको श्रीराम ग्यास कारबाहीमा, जफत ६ हजार सिलिन्डर ग्यास बजार पठाइँदै

प्रकाशित मिति : २०८२ चैत्र ३ गते
File photo.

काठमाडौं / बजारमा खाना पकाउने ग्यासको अभाव देखाई कृत्रिम अभाव सिर्जना गर्ने ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालि कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ठुलो परिमाणमा सिलिन्डर लुकाएको फेला पारेपछि उक्त उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागको टोलीले चैत २ गते उद्योगको गोदाममा छापा मार्दा बिक्रीका लागि तयार पारिएका १४।२ केजी तौलका ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो । उपभोक्ताले बजारमा ग्यास नपाइरहेको गुनासो गरिरहेका बेला उद्योगले भने स्टक राखेर जम्माखोरी गरेको विभागको ठहर छ ।

- ADVERTISEMENT -

Advertisement

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम वस्तुको कृत्रिम अभाव सिर्जना गरेको र जम्माखोरी गरेको कसुरमा सोही ऐनको दफा ३९ अनुसार उद्योगलाई तत्काल जरिवाना गरिएको विभागले जनाएको छ । बजारमा देखिएको असहज परिस्थितिको फाइदा उठाउँदै अस्वाभाविक रूपमा भण्डारण गर्नेलाई विभागले कडा निगरानीमा राखेको छ ।

बरामद गरिएका ६ हजारभन्दा बढी सिलिन्डरलाई नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बजारमा पठाउन विभागले निर्देशन दिएको छ । यद्यपि, ती ग्यास सिलिन्डरलाई साविककै १४।२ केजीको पूर्ण सिलिन्डरका रूपमा बेच्ने वा हालको विशेष व्यवस्था अनुसार ७।१ केजीको ‘हाफ’ सिलिन्डर बनाएर बजार पठाउने भन्नेबारे छलफल भइरहेको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बरामद ग्यासको वितरण मोडालिटीबारे छिट्टै टुङ्गो लाग्ने जानकारी दिए । उनले भने, ‘वाणिज्य विभागले आफ्नो तर्फबाट कारबाही गरिसकेको छ । अब ती सिलिन्डरलाई कसरी बिक्री वितरण गर्दा बढीभन्दा बढी उपभोक्तासम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा हामी परामर्श गर्दै छौँ । ठोस निर्णय हुनासाथ बजार पठाइनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49