Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘हर्मुज’ खोल्न ४८ घण्टे अल्टिमेटम, ट्रम्पको पावर प्लान्टमा आक्रमण गर्ने धम्की

प्रकाशित मिति : २०८२ चैत्र ८ गते
File photo.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र हर्मुज जलसन्धि (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा खुला गर्न कडा चेतावनी दिएका छन् । तोकिएको समयभित्र जलसन्धिमाथिको अवरोध नहटाए इरानका सम्पूर्ण विद्युत् गृह (पावर प्लान्ट) हरूमाथि आक्रमण गरी ध्वस्त पार्ने धम्की उनले दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा सन्देश जारी गर्दै ट्रम्पले इरानको ऊर्जा पूर्वाधारलाई मुख्य निशाना बनाउने स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘यदि इरानले अहिलेको ठ्याक्कै समयदेखि ४८ घण्टाभित्र कुनै धम्कीबिना हर्मुज जलसन्धि पूर्ण रूपमा खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न पावर प्लान्टहरूमा प्रहार गरी ध्वस्त पार्नेछ १ र, यसको सुरुवात सबैभन्दा ठुलो पावर प्लान्टबाट हुनेछ ।’

- ADVERTISEMENT -

Advertisement

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता इरानले विश्वकै प्रमुख तेल पारवहन मार्ग हर्मुज जलसन्धिमा प्रभावकारी रूपमा अवरोध पुर्‍याउँदै आएको छ । उत्तरमा इरान र दक्षिणमा ओमान तथा संयुक्त अरब इमिरेट्स ९युएई० सँग जोडिएको यो जलमार्गले खाडीलाई अरब सागरसँग जोड्ने गर्दछ । प्रवेशद्वार र निकासमा करिब ५० किलोमिटर तथा सबैभन्दा साँघुरो बिन्दुमा करिब ३३ किलोमिटर मात्र चौडाइ रहेको यो मार्ग विश्व अर्थतन्त्रको महत्त्वपूर्ण ‘लाइफलाइन’ मानिन्छ ।

सामान्यतया विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै आपूर्ति हुने गर्दछ । यहाँबाट इरानको मात्र नभई इराक, कुवेत, कतार, साउदी अरब र युएईजस्ता खाडी राष्ट्रहरूको तेल निर्यात हुन्छ । सामान्य अवस्थामा मासिक करिब तीन हजार पानीजहाज आवतजावत गर्ने यस मार्गमा इरानले आक्रमणको धम्की दिएपछि व्यापारिक गतिविधि ह्वात्तै घटेको छ ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीको मार्च १८ सम्मको तथ्याङ्कअनुसार युद्ध सुरु भएयता कम्तीमा २१ वटा पानीजहाजमाथि आक्रमण वा निशाना बनाइएको छ । जलसन्धि बन्द हुँदाको प्रत्यक्ष असर विश्व बजारमा परेको छ । इन्धनको मूल्य अचाक्ली बढेर कच्चा तेल प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । यो मूल्य यसै वर्षको सुरुवाती अवस्थाभन्दा करिब ७० प्रतिशत र गत वर्षको तुलनामा करिब ५० प्रतिशतको वृद्धि हो ।

विश्वको ऊर्जा आपूर्तिमै गम्भीर सङ्कट पैदा भएपछि आक्रोशित बनेका ट्रम्पले इरानमाथि सिधा सैन्य कारबाहीको चेतावनी दिएका हुन् । यसअघि पनि राष्ट्रपति ट्रम्पले इरानको नेतृत्व र सैन्य शक्ति पूर्ण रूपमा समाप्त भइसकेको दाबी गर्दै आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22