२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर–२ मा ४१ जना गरे रक्तदान, पुण्यकार्यमा जुट्न अपिल

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते

चितवन / भरतपुर वडा नं. २ स्थित रामेश्वर टोल विकास संस्था तथा रामेश्वर मित्रमिलन समाजको संयुक्त आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै सम्पन्न भएको उक्त कार्यक्रममा महिला र पुरुषसहित ४१ जनाले रक्तदान गरेको रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाट कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै अध्यक्ष रानाभाटले रक्तदान जीवनदान भएकाले सबैलाई यस पुण्यकार्यमा जुट्न आग्रह गरे ।

पछिल्लो समय जिल्लामा रगतको चरम अभाव हुँदै गएकोले विभिन्न संघसंस्थालाई नेपाल रेडक्रस सोसाइटी चितवनले पनि विभिन्न संघसंस्थालाई रक्तदानको अपिल समेत गरेको छ ।

रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले गरिएको कार्यक्रमले “रक्तदान नै मानव इतिहासकै महान पुण्य कार्य हो” भन्ने सन्देश फैलाउने र सामाजिक भावना अभिवृद्धि हुने विश्वास गरिएको छ ।

रामेश्वर महादेव मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय समाजसेवी, युवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डेको अध्यक्षता सम्पन्न भएको हो भने सचिव सुरज सापकोटाले सञ्चालन तथा समन्वय गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85